सामसुङले ल्यायो तिव्र गतिको वाइफाइ

२०७१ आश्विन २८ गते, मंगलवार


काठमाडौँ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले अत्यधिक तिव्र गतिको वाइफाइ प्रविधिको विकाश गरेको छ ।सामसुङका अनुसार उसले यस्तो अत्याधुनिक वाइफाइ प्रविधिको विकाश गरेको छ जसले विद्यमान इलेक्ट्रोनिक्स डिभाइसबाट हुने डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ ।६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीले १ गिगाबाइटको फिल्मलाई ३ सेकेण्डमै डाउनलोड वा ट्रान्सफर गर्न सकिनेछ । सामसुङका अनुसार यो उच्चगतिको वाइफाइ प्रविधिबाट मोबाइल तथा टेलिभिजनबाट प्रशारित एच डी भिडियोहरुलाई वास्तविक समयमै स्टि्रमिङ गर्न सकिनेछ ।साथै यो प्रविधिले वास्तविक गति तथा सैद्धान्तिक गतिविधको अन्तरलाई हटाउने र विद्यमान वाइफाइ प्रविधिभन्दा १० गुणा उच्च गति प्रदर्शन गर्ने दाबी सामसुङको छ ।सामसुङका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले एक विज्ञप्तीमा भनेका छन्, ‘सामसुङले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ र यसले वाइफाइको भविष्यको विकाशका लागि नयाँ सम्भावनाको ढोका खुलेको छ ।’
६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुङको छ । श्रव्य दृश्य सामाग्री, मेडिकल डिभाइस तथा दूरसंचार उपकरणमा यो वाइफाइ प्रविधिको प्रयोग गर्ने योजना सामसुङको छ ।

प्रतिक्रियाहरु