सात विद्यार्थी सङ्गठनद्वारा परराष्टमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र : नेपाली भूमी तत्काल फिर्ता ल्याउन माग

२०७७ बैशाख २९ गते, सोमबार

काठमाडौँ , २९ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले भारतीय पक्षले नेपालको लिपुलेक हुँदै चीनको सिमाना जोड्ने सडकको उद्घाटन गरेको विषयमा गम्भीर आपत्ति जनाउदै परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । परराष्टमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउदै उनीहरुले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ता ल्याउन र तत्काल नेपालले आफ्नो नक्शा सार्वजनिक गर्नुपर्ने समेत माग गरेका थिए ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले कालापानी, लिम्पियाधुरा, लिपुलेक मिचेको हो कि बेचिएको हो ? जवाफ चाहियो ? सरकार विज्ञप्ती मात्रै जारी गरेरै झारा टार्ने काम गर्छ ? भूमीसुधार मन्त्रीको अभिव्यक्ति के हो ? भारतले आफ्नो नक्सामा नेपाली भूमि गाभ्दा किन नेपाल सरकारले हाम्रो आधिकारीक नक्सा निकाल्न किन नसकेको ? भन्दै सिधा जवाफ मागेका थिए ।
उक्त अबसरमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, राप्रबी संघका अध्यक्ष महेशबहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई, राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाहीद्वारा हस्ताक्षरित परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रियाहरु