सात महिनामा ४३ अर्बको इन्धन आयात

२०७४ फाल्गुन १० गते, बिहीबार

काठमाडौं, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा बीरगन्ज नाका भएर ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।
साउनदेखि माघसम्म बीरगञ्ज नाकाबाट ६ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार नौसय ३९ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात गरिएको छ । आर्थिक वर्ष २०७३/७४ को साउनदेखि माघसम्मको सात महिनामा बीरगन्ज नाका भएर ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६ किलोलिटर इन्धन र एक लाख दुई सय ४६ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु