साढे १४ किलो तौल भएको काउली !

२०७४ माघ २४ गते, बुधबार

काठमाडौं, २४ माघ । म्याग्दीका एक किसानले साढे १४ किलोग्राम तौल भएको एउटै काउली फलाएका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका पदमबहादुर कार्कीले यति ठूलो काउली फलाएका हुन्। कार्कीको वारीमा फलेको काउलीको तौल चौध किलो ५ सय ग्राम छ। त्यो काउलीको मंगलबार तौल लिइएको थियो।
त्यसक्रममा साढे १४ किलो पाइएको स्थानीयवासी दलबहादुर कार्कीले जानकारी दिए। कार्कीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले उत्पादन गरेको तरकारी भगवतीमै खपत हुने गरेको छ। मिहेनत र पौरख गर्न सकेमा कृषि पेशामा राम्रो सम्भावना भएको सन्देश कार्कीले प्रवाह गरेका वडा अध्यक्ष रिम कटुवालले बताए। भगवतीका कृषकलाई समेटेर व्यावसायिक बनाउन र उत्पादनको बजारीकरणका लागि वडाले सहयोग गर्ने सोच बनाएको अध्यक्ष कटुवालको भनाई छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु