साझा यातायात सेवा विस्तार गर्दै

२०७४ माघ १८ गते, बिहीबार

काठमाडौँ , १८ माघ । साझा यातायातले २९ वटा बस थप गर्ने लागेको कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताएका छन् । उनले उपत्यकाभित्र र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको बताए । नयाँ बसमध्ये अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको छ भने सिटी बसको टेण्डर प्रक्रिया सकिएको छ । डिलक्स बस उपत्यकाबाहिर चल्नेछ भने सिटी बसलाई माग भएका र आवश्यकता बढी भएका ठाउँमा चलाइने छ ।
उपत्यकाभित्र बस आएपछि प्राविधिक जाँच गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता भई रुट राख्ने बताएको छ । अहिले साझाका दुईवटा बस काठमाडौँ–बाग्लुङ रुटमा चलिरहेका छन् भने डिलक्स बस यही रुटमा थप्ने वा अन्य जिल्लामा भन्ने निर्णय भैसकेको छैन । काठमाडौँ उपत्यकामा चल्ने सिटी बसका लागि धेरै ठाउँमा माग भएको छ । काठमाडौँ उपत्यका र उपत्यकाबाहिर दुबैतिर साझाको माग छ । नयाँ बनेका नगरपालिकाले समेत साझाको शेयर खरिद गर्न र आफ्नो ठाउँमा साझा बसको सेवाका लागि इच्छुक देखिएका छन् । काठमाडौँ उपत्यकामा ४४ र उपत्यकाबाहिर दुईवटा गरेर अहिले साझाका ४६ वटा बस सञ्चालनमा रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार