साझाको टिकट बुकिङ असोज २१ गतेदेखि

२०७५ आश्विन १५ गते, सोमबार

काठमाडौं, १५ असोज । साझा यातायातले दशैंका असोज २१ गते देखि टिकट बुकिङ खुल्ला गर्ने भएको छ । साझासँग हाल ४ वटा डिलक्स बसहरु रहेका छन् । दुई बस काठमाडौंबाट बाहिरिँदा, दुई बस फर्किन्छन्, यसबाट दशैंका यात्रुहरुलाई केही राहत मिल्ने साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेको विश्वास छ । बागलुङका लागि पुल्चोकबाट साँझ ७ बजे, नयाँ बसपार्कबाट साढे ७ तथा कलंकीबाट ८ बजे बस छुट्नेछन् ।
त्यस्तै सुनौलीका लागि पुल्चोकबाट साढे ६, नयाँ बसपार्कबाट ७ तथा कलंकीबाट साढे ७ बजे बस छुट्नेछन् । साझा यातायातले यात्रुहरुको चापलाई मध्य नजरगरि बस थप्नुपरेमा उपत्यकामा नै सञ्चालन हुदै आइरहेका बसहरुलाई नै अवस्था हेरेर परिचालन गर्ने साझाले जनाएको छ । साझाले सरकारले तोकेकै भाडादरमा टिकट बुकिङ गर्ने जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु