साउन १ गतेदेखि साझा यातायात चल्ने !

२०७७ असार २७ गते, शनिबार

काठमाडौं , २७ असार । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै साझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने बताएका छन । सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी छ । चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि साझाले अहिले मर्मतको काम गरिरहेको छ ।
सरकारले बिहीबार छोटो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । सार्वजनिक यातायातले ५० प्रतिशत सिट क्षमतामा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने सरकारले जनाएको छ । यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले भने तत्काल बस सेवा सुरु नगर्ने घोषणा गरिसकेका छन् । उनीहरुले बैंकको किस्ता, स्वास्थ्य बीमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार