साउदी अरेबियाद्वारा परमाणु बम बनाउने चेतावनी

२०७४ चैत्र २ गते, शुक्रबार

काठमाडौं , २ चैत । साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ । साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् ।
अमेरिकी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि चाँडै त्यस्तै बम बनाउन सक्ने बताए । सन् २०१५ मा इरानले परमाणु कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो । तर हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो सम्झौताबाट इरान अलग हुनसक्ने बताएका थिए ।
साउदी अरेबिया अमेरिकाको प्रमुख सहयोगी राष्ट्र हो । उसले सन् १९८८ मा परमाणु हतियारविरोधी सन्धिमा हस्ताक्षर पनि गरेको छ । मध्यपूर्वी क्षेत्रमा साउदी अरब र इरान परम्परागत रुपमै विरोधी मुलुक हुन् । दुवै देश इस्लामिक धर्मका अनुयायी भए पनि साउदी अरब सुन्नी समुदाय र इरान शिया समुदायबाट प्रभावित मुलुक हुन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार