साउदीका राजाको निधन

२०७१ माघ ९ गते, शुक्रबार

काठमाडौं ९ माघ। साउदी अरेवियाका राजा अब्दुल्लाह बिन अब्दिलाजिजको निधन भएको छ । राजा अब्दुल्लाहको अस्पतालमा निधन भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ । फोक्सोमा संक्रमण भएपछि केही हप्ताअघि अस्पताल भर्ना भएका ९० वर्षिय उहाँकोशुक्रबार विहान निधन भएको औपचारिक घोषणा गरिएको बिबिसीले जनाएको छ ।
सन् २००५ मा सत्तामा आएका अब्दुल्लाहको केही वर्ष अघिदेखि नै स्वास्थ्यमा समस्या देखिएको थियो । अब्दुल्लाहकाको निधन पछि उहाँका ७९ वर्षिय सौतेनी भाइ सलमान अब्दिलाजिजलाई नयाँ राजा घोषणा गरिएको छ ।
राजा अब्दुल्लाहलाई साउदी अरबमा सुधारवादी राजा भनेर चिनिन्छ । उहाँले चुनावमा महिलालाई मताधिकार प्रयोग गर्न सकिने अधिकारको व्यवस्था गर्नुका साथै प्रहरी प्रशासनमा पनि सुधार गर्नुभएको बिबिसीले जनाएको छ ।

प्रतिक्रियाहरु