साइबर ब्यूरो बनाउने योजना

२०७३ मंसिर १७ गते, शुक्रबार

काठमाडौं, १७ मंसिर । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अगाडि सारेको छ । साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो । अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।
प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध महाशाखा दुबैमा साइबर अपराधका मुद्दा प्रत्येक वर्ष बढ्दो छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु