सांसद अमरेश कुमार सिंहमाथि गोली प्रहार

२०७४ आश्विन २ गते, सोमबार

काठमाडौ, २ असोज । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई लक्षित गरि गएराती अज्ञात समूहले गोली प्रहार गरेको छ । निर्वाचनको पूर्व सन्ध्यामा गएराती कार्यकर्ताहरुसँग भेटघाट गरी घर फर्किने क्रममा उनीको गृहनगर सर्लाहीको बलरा नगरपालिकामा उहाँलाई लक्षित गरि गोली हानिएको बताइएको छ । तर गोली उहाँ सवार गाडीमा लागेकाले मानवीय क्षति हुन पाएन् ।
घटनास्थलमा साँसद सिंहका सुरक्षा गार्डले एक राउण्ड हवाई फायर गरि स्थितीलाई नियन्त्रणमा लिएको बताए । अहिले त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाईएको र घटनाको विषयमा अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसाउद आलम खाँले जानकारी दिए ।

प्रतिक्रियाहरु