सांसद अफताव आलम पक्राउ

२०७६ आश्विन २६ गते, आईतवार

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु