सत्तारुढ पार्टीका सांसदहरु संसदभित्रै धर्नामा

२०७३ असार ९ गते, बिहीबार

काठमाडौ, ९ असार । अमेरिकी संसदको तल्लो सदनमा सत्तारुढ डेमोक्रेटिक पार्टीका करिब सयजना सांसद धर्नामा बसेका छन् । समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा बन्दुक बिक्री नियन्त्रण सम्बन्धी मुद्दालाई लिएर उनीहरु धर्नामा बसेका हुन् । बन्दुक खरिदकर्ताको व्यक्तिगत पृष्ठभूमि छानविन गर्नुपर्ने र संदिग्ध आतंककारीलाई त्यस्ता हतियार बिक्री पूर्णरुपमा रोक्नुपर्ने उनीहरुको माग छ ।उनीहरु संसदको कारवाही जारी राख्न माग गरिरहेका छन् । संसदका अध्यक्ष तथा रिपब्लिकन नेता पाउल रेयानले डेमोक्रेटिक सांसदहरुको धर्नालाई ‘सस्तो लोकप्रियताको प्रयास’ भनेका छन् ।
राष्ट्रपति बाराक ओबामा बन्दुक नियन्त्रणका पक्षमा देखिएका छन् । तर हालै संसदले उनको प्रयासमा रोक लगाएको छ । अमेरिकी संसद (कंग्रेस) मा रिपब्लिकन पार्टीको बहुमत छ । उनीहरु संसद बैठक अन्त्य गर्न माग गरिरहेका छन् । संसदभित्रै चलेको द्वन्द्वका कारण मूल ढोकासमेत बन्द गरिएको छ ।
धर्नामा बसेका सांसदहरुले आफ्ना गतिविधि सार्वजनिक गर्नका लागि ‘अनलाइन’ सम्पर्क बढाएका छन् । (एजेन्सी)

प्रतिक्रियाहरु