सहिद परिवारको निर्णयः सूर्यमा भोट हाल्दैनौं

२०७४ मंसिर ५ गते, मंगलवार

काठमाडौँ, ५ मंसिर । सल्यान जिल्लाका सहिद परिवारहरुले एमालेसँगको एकताको नाममा माओवादी केन्द्रले सहिदको रगतको अपमान हुने गरी टिकट भागबण्डा गरेको भन्दै विरोध गरेका छन् । सल्यानको बागचौर नगरपालिकाका सहिद परिवारको भेलाले माओवादी केन्द्रले बलिदानीको अपमान हुने गरी प्रदेश सभाका दुबै क्षेत्र एमालेलाई दिएको भन्दै आधिकारिक उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको छ । सहिद परिवारको भावनाको कदर गर्दै सूर्च चिन्हमा मतदान नगर्न सम्पूर्ण सहिद परिवारलाई र जनतामा अपील समेत भेलाले गरेको छ ।
“माओवादी आन्दोनललाई समर्थन गर्ने जनता, कार्यकर्ता, शुभचिन्तक सबैमा हामी सहिद परिवारको भावनाको कदरको लागि सूर्य र रुखमा मतदान नगर्न आग्रह गर्दछौं” भेलापछि जारी विज्ञप्तिमा भनिएको छ । सहिद परिवारको भेलाले जनयुद्धको मर्म र भावनाभन्दा बाहिरका उम्मेदवारलाई भोट हाल्नु भनेको सहिदको रगतमाथिको खेलवाड हुने निष्कर्ष निकालेको छ । माओवादी केन्द्रले गरेको अन्यायका विरुद्ध जिल्ला पार्टीले स्वतन्त्र उम्मेदवारी दिने निर्णयको स्वागत गर्दै सहिद परिवारले सूर्यमा मतदान नगरी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न समेत अपील गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु