सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा बन्द

२०७७ असार २३ गते, मंगलवार

काठमाडौँ , २३ असार । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन । गंगालालमा उपचार गराइरहेका सात जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द भएका हुन । उपचारका लागि भर्ना भएका सात जनामा कोरोना पुष्टि भएसँगै आजबाट केन्द्रको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा थप सतर्कता अपाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपचाररत बिरामीको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रियाहरु