सहयात्रीलाई धरपकड गरे बापत कति कमिसन आउँछ, कमरेड ? – समर्पण भट्टराई

२०७५ असार २२ गते, शुक्रबार

यतिखेर नेपाली राजनीतिले अनौठो र अकल्पनीय मोड लिएको छ किनभने २०५२ सालमा सर्वहारा वर्गको मुक्ति लागि भन्दै जनयुद्ध घोषणा गरेर संगै युद्ध लडेका प्रचण्ड बाबुराम, किरण ,बादल, विप्लवहरु १० वर्षको महान जनयुद्ध १९ दिने आन्दोलन पहिलो संविधान सभाको निर्वाचनसम्म संगै रहेका सहयात्रीहरु आज फरक फरक पार्टीमा छन । प्रचण्ड , बाबुरा ले क्रान्तीप्रति गद्दारी गरेको र नेपाली जनतालाई धोका दिएको भन्दै नेत्र विक्रम चन्द विप्लवको पहलमा २०६९ सालमा पहिलो पटक आधिकारिक रुपमा पार्टी बिभाजन हुदा किरण ,बादल, विप्लवहरु सङै हुनुहुन्थ्यो र प्रचण्डलाई लाल गद्दार घोषणा गर्ने मान्छे बादल आफै हुनुहुन्थ्यो । दोस्रो संविधान सभाको निर्वाचन प्रतिगामी हो भनेर बहिष्कार गर्नमा पनि बादल कमरेड आफै सकृय भएर लाग्नु भयो । सम्सदिय व्यवस्थाबाट जनताको मुक्ति नहुने भन्दै उहाँले क्रान्तिको निम्ति आम नेताकार्यकर्ता र जनतालाई अपिल पनि गर्नु भयो । तर यस्को केही समयपछि उहाँ पुन आफुले लालगद्दार घोषणा गरेको प्रचण्डलाई अध्यक्ष मान्दै उहाको पार्टी प्रवेश गर्नुभयो । यसबिचमा थुप्रै उत्तार चढावहरु पनि भए । संविधानजारी भएसंगै स्थानीय निकायको निर्वाचन पनि सकियो । आज यहि सम्सदिय व्यवस्थाको गृहमन्त्री रामबहादुर थापा बादल हुनुहुन्छ भने विप्लव बैज्ञानिक समाजवादको निम्ति एकीकृत जनक्रान्तीको कार्यदिशा लिएर निरन्तर क्रान्तिको यात्रामा हुनुहुन्छ । संयोग भनौ या नियोजित बादल कमरेड गृहमन्त्री भएको भोलिपल्ट नै विप्लव कमरेडको नाममा वारेन्ट जारी गरियो। यो सङै राजनीतिले अझ पेचिलो मोड या रुप लिएको छ । सङै जनयुद्ध लडेको सहयात्रीलाई बिना लाज सरम बादल कमरेडले वारेन्ट जारी मात्र गर्नु भएन विभिन्न मिति र स्थानबाट नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने, झुट्टा मुद्दा लगाउने काममा उहाँ सकृय भएर लाग्नु भएको कुरा स्पष्ट नै छन।
युवाहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर पुग्नु भएका नेकपाका नेताहरु हेमन्त प्रकाश ओलि , पदम राईलगाएत ३०० युवाहरूलाई नियन्त्रणमा लिने काम पनि बादल कै सक्रियता भएको थियो । उहालाई विभिन्न आरोपहरु लागाइए पनि पछि भोजपुर जिल्ला अदालतले सामान्य धरौटीमा रिहा गर्यो। अहिले पनि नेकपाका नेताकार्यकर्तालाई युद्धकालिन अवस्थामा झै निरन्तर धरपकड गर्ने, बेपत्ता बनाउने ,झुट्टा मुद्दा लागाउने कार्य भै रहेको छ । नेकपाका कोसि व्युरो इन्चार्ज किरण राई, युवा रेड फोर्सका अध्यक्ष विवश राईलागायत नेताकार्यकर्तालाइ राजनीतिक आस्थाको आधारमा बन्दी बनाएको छ भने भर्खरै काठमाडौ मा विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने साथीहरूलाई स्वागत गर्ने कार्यक्रमबाट नेकपाका केन्द्रिय सल्लाहकार समिति अध्यक्ष असारे काका , पार्टीका पिबिएम भरत बम , पुर्वमन्त्री तथा जनसरकार केन्द्रिय उपप्रमुख पदम राई , केन्द्रिय सदस्य मकर गुरुङ ,अनेमसघ क्रान्तिकारी केन्द्रिय महासचिव धिरेन्द्रा उपाध्यालगायत ४० जनालाई विनाकारण गिरफ्तार गर्ने काम बादल कै निर्देशनमा भयो । यो हर्कतको चौथफी विरोधपछि आसारे काका लगायत ३१ जनालाई रिहा गरे पनि पिबिएम भरत बम, पदम राईलागाएत सात जनालाई सार्वजनिक मुद्दा लगाउने काम गरियो । यसैगरी नेकपाका पिबिएम ओम प्रकाश पुनलाई पनि अपहरण शैलीमा काठमाडौबाट गिरफ्तार गरिएको छ । यस्ले बादल कतैबाट नियोजित रुपमा परिचालित भएर क्रान्तिकारी र परिवर्तनकारी शक्तिलाई दमन गर्न सकृय भएको कुरा पुष्टि हुन्छ । यता सामान्य धरौटीमा रिहा हुनुभएकी इटहरी उपमहानगर पालिकाकि सेक्रेटरी बिरता तारिख बुझ्न् जादा अदालतबाट नै २ वर्षकी नाबालक छोरी सहित बेपत्ता बनाउने काम भएको छ , यस्ले बादल को नियोजित योजना हो भन्ने कुरामा कहि कतै शंका छैन् । तसर्थ बादलले आफैले बनाएको संविधानलाई चुनौती दिदै जुन खालको हर्कत गर्दै हुनुहुन्छ यो निन्दनीय छ । लोकतान्त्रिक व्यवस्था यो आपतिपुर्ण छ । तसर्थ यस्ता हर्कत सरकार र गृहमन्त्रालय ले तत्काल नरोके यस्को शसक्त प्रतिकार गर्नु को विकल्प छैन राज्य विदेशी को निर्देशन मा देशलाई जबर्जस्त द्वन्द्वमा धकेल्न चाहान्छ भन्ने कुरा नेकपामाथीको प्रतिवन्ध धरपकडले स्पष्ट पार्दछ । तसर्थ क्रान्ती अर्थात जनताको आन्दोलन दमन र धरपकडबाट रोक्न खोज्नु सुर्यको किरणलाई हत्केलाले छेक्ने मुर्खता गर्नु जस्तै हो । अन्तत यी र यस्ता हर्कत राज्यले तत्काल बन्द गरि उचित समाधानको बाटो नरोजे देशमा फेरि अर्को नया आधिवेहेरि चाडै नै आउनेवाला छ र त्यो आधीले दलाल सत्ता र तिनका सबैखाले मतियार र एजेन्टह रुको नाम निशाना मेटाउनेमा कुनै सन्देह छैन । अहिलेसम्मको बस्तुगत र राजनीतिक अवस्था हेर्दा केपि ओलि, ज्ञानेन्द्र र बादल .कमल थापा बन्ने भारतीय योजनाहरु सार नै जनता माथी चरम दमन भएको भन्नलाई हिचकिचाउनु पर्ने कारण छैन । यतिखेर नेकपालाई मात्र होइन अरु जुनसुकै राजनीतिक दल र व्यतिलाइ शान्तिपुर्ण आन्दोलन गर्न समेत प्रतिवन्ध लाउने काम राज्यले गरेर लोकतान्त्रको आवरणमा फासिवाद लादन लागि परेको छ । तर बन्दुकको बलमा शासकहरु धेरै लामो समय टिकेको इतिहास छैन। पछिल्लो विश्व राजनीतिलाइ हेर्दा इतिहासमा कहि कतै नझुकेको अमेरिकि साम्राज्यवाद उत्तर कोरियासङ पहिलो पटक झुकेको छ । यस्ले के कुरा प्रमाणित गर्छ भने अब साम्राज्यवाद र तिनका मतियारहरु कमजोर बनिसके र कम्युनिस्ट अर्थात् माक्र्सवादीहरु शक्तिसन्तुलनमा आइ सके भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ । यस्तो अवस्थामा केपि , बादलको निरंकुश शैली कति दिन टिक्छ त्यो चाहि हेर्दै जानुपर्छ तर राज्य आतंकले सिमा नाघेपछि जनता प्रतिकार गर्न बाध्य हुनेछन् । आजसम्म जनताको शक्तिले हारेको इतिहास छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु