सशस्त्र प्रहरीको १७ औं वार्षिकोत्सव सम्पन्न

२०७४ माघ ९ गते, मंगलवार

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलले आज आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा गरिएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बलले मुलुकमा पुर्‍याएको योगदानको चर्चा गर्दै भविष्यमा पनि आफ्नो जिम्मेवारीलाई कतव्र्यनिष्ट भएर पूरा गर्न निर्देशन दिए । उनले सशस्त्र प्रहरीको पुनर्संरचना विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले स्थापना कालदेखि नै संगठनले सुरक्षा चुनौती सामना गर्दै देश र जनताको सेवामा अहोरात्र खटिएको बताए ।
१७ औं सशस्त्र प्रहरी दिवसकै अवसरमा पूर्वसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । दिवसकै अवसरका सेवामा रहेका बेला बीरगति प्राप्त गरेकाहरुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो । दिवसकै अवसरमा सशस्त्र प्रहरीले दक्षिणकाली गण खुमलटार र सीमा सुरक्षा कार्यालय सुनसरीलाई उत्कृष्ट काम गरेको भन्दै रनिङ शील्ड प्रदान गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु