सशस्त्र प्रहरीका डिआइजीको सरुवा तथा पदस्थापन

२०७५ कार्तिक २५ गते, आईतवार

काठमाडौं, २५ कात्तिक । गृह मन्त्रालयले सशस्त्रका नायब महानिरीक्षक (डिआइजी)को सरुवा तथा पदस्थापन गरेको छ । तीन डिआइजीको सरुवा तथा ६ जनाको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ । सरुवा हुनेहरूमा बाबुराम पाण्डे, प्रवीणकुमार श्रेष्ठ र कवीन्द्रमान श्रेष्ठ छन् । पाण्डेलाई बाहिनी मुख्यालय प्रदेश ४ कास्की र श्रेष्ठलाई बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीमा सरुवा गरिएको छ ।
त्यस्तै, गत साता बढुवा भएका ६ डिआइजीहरूलाई पनि जिम्मेवारी दिइएको छ । प्रजाभक्त श्रेष्ठलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, रामप्रसाद श्रेष्ठलाई प्रदेश नम्बर ३ को बाहिनी मुख्यालय मकवानपुर, राजु अर्याललाई मानव स्रोत विभागअन्तर्गतको तालिम निर्देशनालय, नारायणदत्त पौडेललाई कार्य तथा सीमा सुरक्षा विभागअन्तर्गतको सीमा निर्देशनालय, चन्द्रप्रकाश गौतमलाई कमान्ड एन्ड स्टाफ कलेज तथा गोविन्द क्षेत्रीलाई मानव स्रोत विभागअन्तर्गतको प्रशासन निर्देशालयमा पदस्थापन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु