सशस्त्रमा जागिर खुल्यो

२०७१ भाद्र १५ गते, आईतवार


काठमाडौँ , १५ भदौ। राजपत्रमा सूचना जारी गरी सशस्त्र प्रहरी बलले ५० जना प्रहरी निरीक्षकसहित विभिन्न पदमा भर्ना आब्हान गरेको छ ।प्रशासनतर्फ प्रहरी निरीक्षकमा ४० र मेडिकल अधिकृत तर्फ १० जना प्रहरी निरीक्षकमा नयाँ भर्ना खोलिएको सूचनामा छ ।
यस्तै प्रहरी सहायक निरीक्षक ५० जना, हेल्थ असिष्टेन्टतर्फ प्रहरी नायव निरीक्षकमा २ जना, प्रहरी नायव निरीक्षक स्टाफ नर्सतर्फ ४ जना मागिएको छ ।
प्राविधिकतर्फ सबै पदहरुको प्रधान कार्यालय हलचोक, प्रशासनतर्फको प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि हल्चोक, पकली सुनसरी, बाराको पथलैया, सुर्खेत र अत्तरिया कैलालीमा फाराम बुझाउन सकिने छ । फाराम बुझाउने अन्तिम मिति आगामी असोज १४ गतेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु