सवारी साधनलाई स्कर्टिङ

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाडौ, ११ भदौ । महोत्तरी प्रहरीले राजमार्गमा स्कर्टिङ गर्न शुरु गरेको छ । महोत्तरीको लक्ष्मिनियाँ जंगलमा बुधबार साँझ बन्दकर्ताले दुई वटा गाडीमा आगजनी गरेपछि सशस्त्र र नेपाल प्रहरीले पूर्व पश्चिम राजमार्ग र बर्दिबास सिन्धुली सडक खण्डको जंगल क्षेत्रमा सवारी साधनलाई स्कर्टिङ गर्न थालेको हो । लक्ष्मिनियाँ चोकमा रहेको सुरक्षा पोष्टमा सशस्त्र प्रहरी बस्न छाडेपछि बुधबार साँझ त्यहाँ एउटा बस र एउटा ट्रकमा बन्द कर्ताले आगो लगाएका थिए ।
प्रहरीले महोत्तरी र सर्लाहीको जंगल क्षेत्रमा सवारी साधनलाई स्कर्टिङ गर्न थालेको हो । महोत्तरीको रातु पुलदेखि सर्लाहीको सागरनाथसम्म झण्डै २५ किलो मिटर जंगल क्षेत्रमा स्कर्टिङ गरेर सवारी साधनलाई जंगल पार गराइएको शसस्त्र प्रहरी बल छिन्नमस्ता गण बर्दिबासका गणपति एसपी सुदर्शन सिलबालले जानकारी दिए ।
राजमार्गमा स्कर्टिङ विना सवारी साधन नचलाउन पनि प्रहरीले यातायात सञ्चालकहरुलाई आग्रह गरेको छ । पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबासदेखि सर्लाहीको फुलजोर सम्मको २५ किलोमिटर र बर्दिबास सिन्धुली सडक खण्डमा पर्ने बर्दिबासदेखि धनुषाको बाहुनमारा सम्मको २० किलो मिटर जंगल क्षेत्रमा शसस्त्र र नेपाल प्रहरीले स्कर्टिङ गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार

नेप्से १५.४१ अंकले घट्यो !

२०८१ बैशाख १० गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ बैशाख ४ गते, मंगलवार