सवारी दुर्घटना, एकजना गम्भीर घाइते

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौं, २६ मंसिर । राजधानीमा गएराति भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । बालाजुबाट ढुंगेधारा जाँदै गरेको अवस्थामा राति ९ः४५ बजे ट्याक्सीलाई निजी पिकअपले ठक्कर दिएपछि मोटरसाइकलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक युवक घाइते भएका हुन् ।
प्रहरीका अनुसार पाल्पा घर भएका वर्ष ३० खेमबहादुर बुढाथोकी घाइते भएका हुन् । उनको टाउको र खुट्टामा चोट लागेको तथा बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । बुढाथोकीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । योसँगै विगत २४ घण्टामा राजधानीमा २२ वटा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यस्तै विगत २४ घण्टामा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने १,६९५ चालकलाई कारवाही गरेको छ । कारवाहीमा पर्नेहरुमा मापसे गरी सवारी चलाउने ७५ जना छन् भने लेन नियम उल्लंघन गर्नेको संख्या ४११ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार