सवारी दुर्घटनामा दुईको मृत्यु

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं, २६ माघ ।सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकास्थित दुहवी बजारमा स्कुटर र ट्र्याक्टर जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गएराति भएको दुर्घटनामा स्कुटरमा यात्रारत शनिश्चरेपथरी नगरपालिका–१२ का २५ वर्षीय प्रविण कटवाल र विराटनगर उपमहानगरपालिका–१५ निवासी ३० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । को ४ प ३३३६ नंको स्कुटर र को१त ५१११ नंको ट्र्याक्टर जुधेर गम्भीर घाइतेका कटवाल र श्रेष्ठलाई विराटनगरमा उपचारार्थ लैजाने क्रममा मृत्यु भएको हो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार