सर्वोच्च अदालत परिसरवाट गिरफ्तार गरिएका प्रकाण्डलाई उदयपुर लगिदै, नेतृ भुजेललाई दाङ पुर्याइयो

२०७५ भाद्र ३० गते, शनिबार

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवत्ता प्रकाण्डलाई उदयपुर लगिएको छ । सर्वोच्च अदालतले शुक्रवार रिहा गरेलगत्तै अदालत परिसरबाटै गिरफ्तार गरी उहाँलाई उदयपुर लगिएको हो । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै प्रवक्ता प्रकाण्डलाई राति नै उदयपुर लगिएको हो । यद्धपि अहिलेसम्म उदयपुर नपुर्याईएको जनाईएको छ ।
गैरकानूनी रुपमा गिरफ्तार गरी सरकारले प्रहरी हिरासतमा राखेको जनाउँदै रिहा गर्न मागसहित भाई विरेन्द्र विश्वकर्माले यसै हप्ता दायर गरेका रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । तर उहाँलाई उदयपुरमा अर्को विष्फोट सम्बन्धी अभियोगको लगाएर पुनः गिरफ्तार गरिएको हो ।
गत साउन २२ गते पार्टी कामको सिलसिलामा हेटौंडबाट काठमाडौं आउँदै गर्दा फर्पिङ–बल्खु सडक खण्डअन्तर्गत टौदहनजिक चाल्नाखेलबाट गाडी, चालकसहित गिरफ्तार गरे यता अदालतको आदेशमा पटकपटक रिहा र पटकपटक गिरफ्तारीमा पर्दै आउनुभएको छ ।
उता, नेपाल कम्युनिस्ट पार्टीका नेतृ एवं पोलिटब्यूरो सदस्य उमा भुजेल ‘शिलु’लाई दाङ पुर्याइएको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहसपछि सर्वोच्च अदालतको आदेशमा शुक्रबार रिहा भएलगत्तै प्रहरीले अदालतपरिसरबाटै पुनः गिरफ्तार गरेको थियो । हिजै गाडीमा राखेर रातभर कुदाएर अहिले भर्खरै दाङको घोराहीमा पुर्याइएको हो । उनीमाथि दाङ प्रहरीले ‘विष्फोट र कर्तव्य ज्यान’को अभियोग लगाइएको छ ।
पदमबहादुर भुजेलले दायर गरेको रिट निवेदनको सुनुवाईबाट रिहा भएको थियो । भुजेललाई यो तेस्रोपटक गिरफ्तार गरिएको हो ।
उनलाई यही भदौ १२ गते काठमाडौं वनस्थलीस्थित खरिबोटबाट आगजनीको अभियोगमा गिरफ्तार गरी काभ्रे लगिएकोमा उनी निर्दोष सावित भई पछि नुवाकोटमा आगजनीको अभियोगमा थुनामा राख्दै आएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु