सर्वोच्च अदालतमा बम, न्यायधिश र वकिलहरुको भागाभाग

२०७४ मंसिर ५ गते, मंगलवार

काठमाडौँ, ५ मंसिर । सर्वोच्च अदालतमा अज्ञात समूहले बम राखेको खबर दिएपछि १० ओटै इजलाशमा रहेका न्यायाधीशहरुलाई सर्वोच्च बाहिर ल्याइएको छ । सर्वोच्चमा रहेका कर्मचारीले बम राखेको खबर पाएसँगै त्यहाँका न्यायाधीसलाई बाहिर लिएर गएपछि सर्वोच्च अदालत परिसर आतङ्कित बनेको छ ।
सर्वोच्च अदालतको टोल फ्री नम्बरमा फोन गरी परिसरमा बम रहेको बताएपछि प्रहरीको टोलीले बम खोजीको गरिरहेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौंको लगनबाट अज्ञात व्यक्तिले फोन गरी बम रहेको सूचना दिएका थिए । बम रहेको सूचना पाएपछि सर्वोच्च अदालतका अधिकारीहरुले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग सिंहदरबारको टोलीले अहिले बमको खोजी गरिरहेको छ । सर्वोच्च परिसरमा बम रहेको हल्ला चलेसँगै त्यहाँ कामको सिलसिलामा पुगेकाहरुबीच त्रास फैलिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु