सर्वोच्च अदालतको फैसला आपत्तिजनक

२०७६ असार २६ गते, बिहीबार

काठमाडाैं, २५ असार । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएकाे छ । साे पार्टीका प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्तिमार्फत जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई तुरुन्त फिर्ता गरी स–सम्मान रिहा गर्न जोडदार माग गरेका छन् । प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य रहेकेा पनि प्रकाण्डले बताएका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश हुने विषय जनयुद्धको विषय हो र त्यसप्रकारका प्रश्नहरुको समाधान विस्तृत शान्ति सम्झौतामा गरिसकिएको दावि गरिएको छ । तर प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी कमरेडहरु झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य छ ।’

प्रतिक्रियाहरु