सर्वोच्चले रिहा गरेलगत्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल पुनः पक्राउ

२०७६ फाल्गुन ८ गते, बिहीबार

काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतको आदेशमा रिहा भएका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
आज भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्च अदालतले ढकाललाई रिहा गर्न आदेश दिएको थियोे । तर रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।
अध्यक्ष ढकाललाई रिहा गर्न माग गर्दै फागुन ४ गते गोगना आचार्यले रिट दायर गरेकी थिईन् ।
सोहि रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा भएको सुनुवाईपछि न्यायधिसद्धय पुरुषोत्तम भण्डारी र कुमार रेग्मीको संयुक्त इजलासले ढकाललाई रिहा गर्न आदेश दिएको हो ।
रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कान्तिराम ढुङगाना लगायतले बहस गरेका थिए । ढकाललाई काठमाडौंको सुन्धाराबाट फागुन १ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु