सर्वोच्चद्वारा प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश

२०७५ भाद्र २६ गते, मंगलवार

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरकानूनी रुपमा गिरप्mतार गरी सरकारले प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहाईको माग गर्दै प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । सोमबार इजलास नम्बर १० मा भएको बहसपछि न्यायाधिस डा. आनन्दमोहन भट्टराईको एकल इजलाले बाटोको म्यादबाहेक ४८ घण्टाभित्र सर्वोच्च अदालतमा पेश गराउन सो आदेश दिएको हो । जिल्ला अदालत भोजपुरको आदेश भदौ २० गते रिहा लगत्तै नेता प्रकाण्डलाई अदालत परिसरबाटै प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई हाल दाङ प्रहरीले जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी हिरासतमा राख्दै आएको छ । सोही क्रममा प्रकाण्डले सरकारले झुठा र कपोलकल्पित अभियोग लगाएर फसाउन खोजेको पत्ररकारहरुसँगको भेटमा बताएका छन् । उनीमाथि बम विष्फोट र कर्तव्य ज्यानको अभियोग लगाइएको छ । बन्दी प्रत्यक्षीकरण रिट यो चौथो पटक हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु