सर्वोच्चद्वारा नेकपाका नेता कार्की र धमलालाई २४ गते उपस्थित गराउन सरकारलाई आदेश

२०७५ भाद्र २१ गते, बिहीबार

काठमाडौं , २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्यद्वय मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई भदौ २४ गते उपस्थित गराउन सर्वोच्च अदालतले बुधबार आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखेको सरकार, गृहमन्त्रालय, नुवाकोट जिल्ला प्रहरी कार्यालयलगायतलाई विपक्षी बनाई हिजो मंगलबार सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि भएको बहसपछि सो आदेश दिएको हो । गिरफ्तार गर्नुको कारण लिखत जवाफसहित बन्दीद्वय कार्की र धमलालाई यही भदौ २४ गते आइतबार पेश गर्न विपक्षीहरुको नाममा आदेश दिएको रिट निवेदक चेतन शर्माले जानकारी दिएका छन् ।
रुपन्देहीबाट सार्वजानिक यातायात बस चढेर काठमाडौं आइरहेको बेला गत १० गते दिउँसो ३ बजे काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरी ४० दिन काभ्रे जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखिएका नेताद्वयलाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै गत सोमबार रिहा गर्न आदेश दिएको थियो । तर आदेशलगत्तै सर्वोच्च परिसरबाटै काठमाडौं प्रहरी परिसर टेकुबाट आएका प्रहरी नायव उपरिक्षक (डीएसपी) आरपी धमलाको टोलीले गिरफ्तार गरी नुवाकोट प्रहरीलाई बुझाएको थियो । धमला र कार्कीलाई आगजनीको अभियोगमा अनुसन्धानका लागि भन्दै हाल नुवाकोट जिल्ला प्रहरी कार्यालय विदुरमा राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु