सर्वाेच्चका प्रस्तावित न्यायधिसको सुनुवाइ हुदै

२०७३ श्रावण १३ गते, बिहीबार

काठमान्डौ, १३ साउन । संसदीय विषेश सुनुवाई समितिले आज सर्वाेच्च अदालतका लागि सिफारिस गरेकोे ५ जना न्यायधिशको सुनुवाई गर्ने भएको छ । सुनुवाई समितिले न्यायपरिषद्बाट सर्वाेच्चको लागि स्थायी न्यायधीसमा सिफारिस गरेका ११ मध्ये ५ जनाको सुनुवाई गर्न लागेको हो । अहिले केहि वेरपछि सिंहदरवारमा बस्ने बैठकले प्रस्तावित न्यायधीसमा इश्वर खतिवडा,आनन्दमोहन भट्टराई,प्रकाश रावत,सपना प्रधान मल्ल र अनिल सिन्हाको सुनुवाइ गर्ने समितिले जनाएको छ ।
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित हुनुभएका ११ मध्ये ६ न्यायाधीश दीपककुमार कार्की,केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हिजो सकिएको छ ।
सिफारिस भएका सबैको सुनुवाई सकिएपछि समितिले निर्णय गर्ने सभापति कुलबहादुर गुरुङले बताए । सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु