सर्वसाधारणलार्इ हिँड्न र गुड्न कडाइ

२०७५ बैशाख २८ गते, शुक्रबार

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे काठमाडाैं अागमनका क्रममा सर्वसाधारणलार्इ सम्बन्धित रूटमा हिँड्न र गुड्न कडाइ गरिएकाे छ । भारतकाे पटनाबाट जनकपुर हुँदै अाज दिउँसाे काठमाडाैं अाउन लागेका माेदीकाे सवारी चल्न रूटमा सडक २५ मिनेटसम्म खाली गराइने ट्राफिक प्रहरीले जनाएकाे छ । मोदीको सुरक्षालाई ध्यानमा राखी उनको सवारी चल्ने रुटका सडक खाली गर्न लागिएको हो। तपार्इ कुन समय कहाँ निस्कँदै हुनुहुन्छ, साे बारे रूटकाे ख्याल गरेर निस्कँदा शास्ती कम हुन सक्छ । अाज शुक्रबार र भाेलि शनिबार सास्ती भोग्नेछन्। विभिन्न समयमा यी रूटहरू सर्वसाधारणका लागि अवरूद्ध हुनेछन्–
अाज दिउँसो १:३० मा माेदी जनकपुरबाट काठमाडौं उत्रने समयतालिका छ । उनी विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्, जसका कारण साे समय अाधा घण्टा जति साे रूटमा सर्वसाधारणलार्इ ट्राफिक जाम हुन सक्छ । मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराइ मोदीको कार्गेड चाबहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाले जनाएकाे छ । दिउँसो ४ बजे मोदीलार्इ ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । सम्मान ग्रहणका लागि उनी टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर, टुँडिखेलकाे रूट प्रयाेग हुनेछ । बेलुकाकाे समयमा उसै पनि ट्राफिक जाम हुने याे रूटमा माेदीका कारण एकाध घण्टा जाम हुन सक्छ ।
टुँडिखेलमा सम्मानकाे कार्यक्रम ५ मिनेटजति मात्र रहेकाले उनी ४:३० तिर उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवनमा जानेछन् । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ भेट्न शीतल निवास जाने कार्यक्रम छ। यस अवधिमा पनि सो सडकखण्ड करिब १५ मिनेट अवरुद्ध हुने जनाइएकाे छ।
त्यस्तै शीतल निवासबाट मोदी बेलुका ६ बजे गाैशालास्थित हाेटल द्वारिकाजमा जानेछन् । साे समय महाराजगञ्ज, चावहिल, गौशाला रूटमा जाम हुन सक्छ । मोदीको सवारीका बेला कम्तीमा १० मिनेट तथा बढीमा २५ मिनेटसम्म सडक खाली गरिने ट्राफिक महाशाखाले जनाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार