सर्वपक्षीय सभा गर्न माओवादीको आग्रह

२०७१ भाद्र १० गते, मंगलवार


काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रधानमन्त्री सुशील कोइरालासंग आज अपरान्ह भएको भेटवार्तामा सर्वपक्षीय सभा गर्न माग गरेका छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो ।भेटवार्तामा नेकपा –माओवादीका तर्फबाट अध्यक्ष किरण र देवगुरुङ्ग सहितका नेता थिए भने प्रधानमन्त्रीका साथमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए ।भेटवार्ता संविधान निर्माणका विषयमा केन्द्रित भएको थियो ।भेटपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका लागि राजनीतिक सहमति बनाउने क्रममा नेकपा– माओवादीसंग वार्ता प्रारम्भ भएको बताए । “उहाँहरुले सर्वपक्षीय भेलाको प्रस्ताव राख्नु भएको छ ,” उपसभापति पौडेलले भने,“
त्यसलाई सम्बोधन गर्दै वर्तमान संविधान सभाबाट निर्धारित समयमा संविधान निर्माण गरी कसरी जारी गर्न सकिन्छ, वार्ता त्यसैमा केन्द्रित रह्यो ।”
वार्ता पछि नेकपा–माओवादीका नेता देव गुरुङ्गले “सर्वपक्षीय सभाको मोडालिटीमा काम गरौं र त्यहि आधारमा अगाडि बढौं” भन्ने विचार आएको बताए ।यस विषयमा थप छलफल गर्न भोली नेपाली कांग्रेस,नेकपा एमाले, एनेकपा(माओवादी) र नेकपा–माओवादीको संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु