सर्बसाधारणको घरमा प्रहरीद्धारा छापा

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाण्डौ, २९ साउन । काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका स्थिीत चुन्निखेलका अर्जुन गोतामेलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहानै प्रहरीले गोतामेको घरमा छापा मारि उनलाई गिरफ्तार गरेको जनाईएको छ । नेकपाको कार्यकर्ता भएको भन्दै गोतामेलाई गिरफ्तार गरेको बुझिएको छ । तर गोतामे नेकपाको कुनै पनि कमिटिमा आबद्ध नभएको बताईएको छ । आज बिहान ४ बजे नै प्रहरीले उनको घरमा पसेर खानतलासि गर्नुका साथै घरमा रहेका लत्ताकपडा तथा खाध्यसामग्रिहरु यत्रतत्र फालेर उनलाई पक्राउ गरि लगेको परिवारले जनाएको छ । प्रहरीले घरमा सुतिरहेका अन्य सदस्यलाई पनि मानसिक यातना दिएको परिवार स्रोतले जनाएको छ ।
यसैगारे, ललितपुरको लगनखेलबाट नेकपाका जिल्ला सदस्य कुमाल सिलवाल, राजकुमार परियार, जयराम श्रेष्ठलाई प्रहरीले आज बिहान गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार