सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षहिन

२०७५ श्रावण १ गते, मंगलवार

काठमाडौं, १ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ । शिक्षा मन्त्रालयमा भएको छलफलमा चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले आफ्नो अडान कायम राख्दा दोश्रो बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।
डा. केसीले अनशन तोडेर काठमाडौं आउनुपर्ने सरकारले प्रस्ताव गरेको थियो भने केसीका प्रतिनिधिले संसदमा दर्ता भएको विधेयक फिर्ता लिनुपर्ने माग राखेका थिए । तर, सरकारले अडान कायम गर्दा दोश्रो बैठकमा पनि सहमति नजुट्दा बैठक टुंगिएको थियो ।
वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी छन् । डा केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र प्रितम सुवेदी सहभागी थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु