सरकार मौलिक हकप्रति झनै अनुदार !

२०७५ कार्तिक २८ गते, बुधबार

काठमाडौं , २७ कार्तिक । मानवअधिकारकर्मी, राजनीतिक दल तथा पत्रकारहरुले सरकार नागरिकको मौलिक हकप्रति अनुदार बनेको जनाएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ शाखाको संयोजनामा मंगलबार भएको कार्यक्रममा उनीहरूले संविधानमा भएका अधिकारलाई पनि कानुन मार्फत राज्यले घुमाउरो पाराले रोक्ने प्रयास गरिरहेको भन्दै आपत्ति प्रकट गरे ।
नेपाल बार एशोसियसन ताप्लजुङका सचिव बलराम भट्टराईले संविधानको आयु कार्यान्वयनमा भर पर्ने उल्लेख गरे । उनले संविधान नराम्रो भएपनि ब्यवहारिक रुपमा समस्या देखिएको बताए । राज्यले मानबअधिकार उल्लंघन गरिरहेको बताउँदै यसका लागि सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङका इन्चार्ज सक्कल लिम्बुले आफूहरुलाई सरकारले जनताको बीचमा जान नदिएको भन्दै आपत्ति जनाए । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ जिल्ला शाखाको आयोजनामा मंगलबार भएको मानव अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विषयक अन्तरकृया कार्यक्रममा बोल्दै लिम्बुले अहिले पूर्वी नेपालमा सरकारले दमन गरेको बताए । जनताको बीचमा कुरा लैजान नदिएको भन्दै इन्चार्ज लिम्बुले आफ्ना बिचारहरू राख्न पाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका जिल्ला सचिव छबि गुरुङले मुलुकमा मानबअधिकारको बिषय गम्भीर बन्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । उनले भने, ‘यहाँ बोल्न पाउने र लेख्न पाउने मात्रै होईन बाच्न पाउने अधिकार समेत जोखिममा परेको छ, आज हेर्नुस् बलात्कारका घटना बाहिर आउँदैनन् हत्याका घटना बाहिहर आउँदैनन, यसमा पत्रकारले चासो दिए । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाकले अधिकारका लागि पक्ष बिपक्षमा नबाडिएर सबै एक हुनुपर्नेमा जोड दिए । उनले ‘ताप्लेजुङ मात्रै होईन देशभरको मानबअधिकारको अबस्था बिकराल छ, यसमा थप आवाज उठाउन आबश्यक छ ।’ उनले मानबअधिकार र प्रेस स्वतन्त्रताको बिषयमा बहस गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठनलाई धन्यवाद दिए । मानबअधिकार सञ्जाल तथा असहाय कानुनी सेवा केन्द्रका अध्यक्ष बेदनीधि पौडेलले मानबअधिकार संरक्षण भएन भने शान्ति र संमृद्धी सम्भव नभएको बताए । मानबअधिकार सञ्जाल तथा शान्ति कार्य समूहका अध्यक्ष खड्कबिक्रम सुबेदीले ताप्लेजुङमा लामो समयदेखि अन्तरकृया नभएकोबेला क्रान्तिकारी पत्रकार संगठनले राम्रो कार्यक्रम गरेको बताए । उनले अहिले पनि सरकारले स्वतन्त्रता पूर्वक आफ्ना बिचार राख्न नदिएको बताए । ‘अहिले सरकारको कामप्रति चित्त बुझेन भने जुलुस आन्दोलन गर्ने अवस्था छैन धारणा छैन यो के हो ?’ उनले भने । क्रान्तिकारी पत्रकार संगठन, नेपालले मानब अधिकार, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका बिषयमा ताप्लेजुङमा १३ औं कार्यक्रम गरेको हो । कार्यक्रमका लागि संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, महासचिब हिम विष्ट र कोषाध्यक्ष जनाकी चौधरी ताप्लेजुङ पुगेका हुन ।- तेजकुमार बराईली

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु