सरकारी समिति र संघीय लिम्बूवान राज्य परिषदबीच वार्ता सुरु

२०७१ श्रावण ११ गते, आईतवार


काठमाडौं , ११ साउन। सरकारको संवैधानिक–राजनैतिक सहमति समिति र संघीय लिम्बूवान राज्य परिषदबीच आजदेखि इलाममा वार्ता सुरु भएको छ । हिजै मात्र परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले एक विज्ञप्ति जारी गर्दै ११ सदस्य वार्ता समिति घोषणा गर्दै कार्यक्रममा सहभागी हुने जानकारी दिएका हुन् ।दोस्रो संविधानसभाको विरोध गर्ने क्रममा पक्राउ परेका ताप्लेजुङ्का युवा नेता रक्की थेवेलाई तुरुन्त रिहाई गराउनको निमित्त तथा झुठा मुद्दा दर्ता गरिएका र नेता तथा कार्यकर्ताहरुको जफत गरिएका मोटरसाइकल तथा विभिन्न सामानहरु तुरुन्त फिर्ता गराउन पनि उक्त वार्तामा पहल गरिने जानकारी दिईएको छ ।
वार्तामा अन्य लिम्बूवान संगठनहरुलाई पनि समावेश गर्ने भनि दिईएको अनौपचारिक जानकारीको भने परिषदले विरोध जनाएको छ । साथै, अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बूवान स्वायत्त राज्य स्थापनाको लागि लिम्बूवान आन्दोलन अगाडि बढिरहेको हुँदा त्यो भन्दा बाहिर कुनै पनि सम्झौता नगरिने वार्ताको संयोजक गरिरहेका भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् ।

प्रतिक्रियाहरु