सरकारी गाडी दुरुपयाेग गर्ने माअाेवादीको फन्दामा

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाण्डौ ,१३ साउन । नेकपा माओवादीले सरकारी गाडी दुरुपयाेग गर्नेहरुमाथि निगरानी बढाउन थालेको छ । माओवादीको यस कार्यले सरकारी साधन स्रोतको दुरुपयोग गर्नेहरुको निदहराम भएको छ । यसै क्रममा नेकपा माओवादी निकट युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयमसेवकले भौतिक योजना तथा निर्माण मन्त्रालयको गाडी नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको छ । पोखरा घुम्न प्रयोग गरिएको उक्त गाडीलाई नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयमसेवकले नियन्त्रणमा लिइ गएराती प्रहरीलाई बुझाएका छन । उक्त गाडी गएराती पोखराको एक सुकुवा पसलमा भेटिएको थियो । पोखराको नागढुङ्गास्थित सेकुवा परिसरमा बा १ झ ४८ ६१ नम्बरको सरकारी नम्बर प्लेटको गाडी भेटिएको थियो । लामो समयदेखि सेकुवा परिसरमा पार्किङ गरिएको गाडीलाई राती करिब ८ बजे माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । रातको समयमा रेष्टुरेण्टको भेटिएका सरकारी कर्मचारीले परिचय दिन नमानेको संगठनका कास्की अध्यक्ष सागर पुनले बताए ।

प्रतिक्रियाहरु