‘सरकारले फासिवादी दमनलाई ढाकछोप गर्न वार्ताको हल्ला चलायो ‘

२०७६ कार्तिक ६ गते, बुधबार

काठमाडौं , ६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न वार्ताको हल्ला चलाई रहेको बताएको छ । सो पार्टीको केन्द्रीय समितिको आठौं पूर्ण वैठकको निर्णयहरु सार्बजनिक भए पछि नेकपाले वार्ताको लागि बिभिन्न शर्त राखेको भन्दै भ्रमपूर्ण समाचारहरु प्रकाशन हुन् थालेपछि उसले सो कुरा प्रस्ट पारेको हो । सो पार्टीको केन्द्रीय समितिको आठौं पूर्ण वैठकको निर्णयको एउटा बुदामा ” सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ ।” उल्लेख गरिएको छ । यहि बुंदालाई गलत अर्थ लगाएर सरकारले नेपाल कम्युनिस्ट पार्टीले वार्ताको लागि सर्त राखेको हल्ला फैलाई आम जनता माझ भ्रम छर्ने कार्य गरेको बताउदै यस्ता भ्रममा नपर्न आफ्ना नेता , कार्यकर्ता र आम सचेत नागरिकलाई आग्रह समेत गरेको छ ।
यसैबीच , सरकारले नियोजित शैलीमा हिजो नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ परेको समाचार ब्यापक गराएको थियो । प्रहरी उच्च स्रोतको हवाला दिदै बिभिन्न अनलाइनहरुमा आएको समाचार गलत भएको पुस्टि भै सकेको छ । यी र यस्ता अनेकौ समाचार हेर्दा सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न वार्ताको हल्ला चलाई रहेको प्रस्ट भएको नेकपाले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु