सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन

२०७५ श्रावण ३१ गते, बिहीबार

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको प्रशिक्षण भेलामा कांग्रेस नेतृत्वले सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन दिएको हो ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाँड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरे । उनले संघ, प्रदेश र स्थानीय सरकारले गरेको कर वृद्धि तत्काल फिर्ता लिन माग गरे । वरिष्ठ नेता पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई कुनै पनि विषयमा राहत दिन नसकेको आरोप लगाए । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले जनचाहनाअनुसारका मुद्धालाई संसद्मा सशक्त ढंगले उठाउनुपर्ने बताए । सरकार जनताको नजरमा कमजोर भई सकेकाले अब कांग्रेसले जनचाहना अनुसारको काम गर्नुपर्ने उनको भनाई थियो । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गरे । सबै क्षेत्रमा कर वृद्धि गरिएकाले त्यसको प्रत्यक्ष असर उद्योगी, ब्यापारी र सर्वसाधरणमाथि गरेको उनको भनाइ थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार