सरकारद्वारा युवायुवतीलाई ‘डेटिङ’को सुविधा !

२०७५ भाद्र २० गते, बुधबार

काठमाडौं,२० भदौ । सिंगापुर सरकारले जनसंख्या बृद्धि गर्ने उद्धेश्यले डेटिङ्को सुविधा दिइरहेको छ । देशमा घट्दै गएको जन्मदर बढाउन सरकारले यस्तो कदम उठाएको हो । सरकारले जनतालाई करछुटको सुविधा र बच्चा जन्माए बापत बोनस र घर सुविधा दिने योजनाहरु समेत ल्याएका छ । कतिपय विवाहित दम्पत्तिहरु बच्चा जन्माउन आईभीएफको मद्धत लिइरहेका छन् । र त्यसमा पनि सरकारले ५० प्रतिशत रकम अनुदान स्वरुप प्रदान गरिरहेको छ । सन्तान नभएका र कमजोर आर्थिक स्थितिका कारण आईभीएफको सुविधा लिन नसकेकालाई पनि सरकारको यो अनुदान बरदान सावित भएको छ । तर धेरै वर्षको प्रयास पछि पनि ठूलो सफलता भने हासिल हुन सकेको छैन । महिलाहरुले ढिला विवाह गर्नुृ र बढ्दो खर्च यसको प्रमुख कारण मानिन्छ । यहाँ महिलाहरुले नै उनीहरुका बृद्ध आमाबुवाको हेरचाह गरुन् भन्ने आशा गरिन्छ । यही कारणले गर्दा पनि जिम्मेवारी थपिनुले आईभीएफको अनुदान पाएकाहरु पनि दोस्रो बच्चा जन्माउन चाहँदैनन् । विशेषज्ञहरु भने अझै पनि सरकार समस्याको जड सम्म पुग्न नसकेको बताउँछन् । यहाँका करिव २० प्रतिशत युवा अविवाहित छन् । एक्लो जीवन विताउन चाहनेको दर सायद यहाँ सवैभन्दा अधिक छ । मानिसहरु आफ्नो इच्छा अनुसार स्वतन्त्र भई जीउन चाहनुका साथै आधुनिक जीवनशैलीको बढ्दो खर्च यसको सम्भावित कारण मानिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु