सरकारको सोच निन्दनीय र लज्जास्पद

२०७६ कार्तिक १८ गते, सोमबार

सरकार दिनप्रतिदिन निरंकुश ढङ्गले अगाडि बढिरहेको छ । जनताले संविधान प्रदत्त हक र अधिकार उपयोग गर्न पाएका छैनन् । राजनीतिक आस्थाको आधारमा जनतामाथि निरंकुशता लाद्ने काम भएको छ । जसको ज्वलन्त उदाहरणको रुपमा सरकारले नेपाल कम्युनिस्ट पार्टी, उसका नेता र कार्यकर्तामाथि गरेको व्यवहारलाई लिन सकिन्छ । सरकारले संविधानको धज्जी उडाउँदै नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो र उसका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यहीँ गिरफ्तार गर्ने, भूmठा मुद्दामा फसाएर जेलमा कोच्ने गरेको छ भने नेकपाका कतिपय कार्यकर्ताको हत्यासमेत गरेको पुष्टि भइसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवाललाई लिएर शान्तिपूर्णरुपमा संघर्ष अगाडि बढाएको छ । उसले राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवाल लिएर संघर्ष थालेपछि आमसचेत नागरिकको साथ र सहयोग पाउँदै आएको छ । नेकपाले जनताको साथ र सहयोग पाउन थालेपछि सरकार आत्तिएर नेकपामाथि प्रतिबन्ध लगाउन पुग्यो । तर, नेकपा रत्तिभर नआत्तिई आफ्नो संघर्षको कार्यक्रमलाई निरन्तररुपमा अगाडि बढाइरह्यो । नेकपाको देश र जनताप्रतिको यो लगाव देखेर सरकार नेकपामाथि खनिएको छ । सरकारले नेकपाका सैयौँ नेता, कार्यकर्तालाई गिरफ्तार गरेर भूmठा मुद्दामा फसाएको छ भने कैयौँलाई जेलमा कोचेको छ । सरकार यसरी उदण्डरुपमा अगाडि बढे पनि नेकपा देश र जनताको पक्षमा संयमित भएर सशक्तरुपमा आफ्नो संघर्षका कार्यक्रम अगाडि बढाउँदैछ । सरकारले भने जस्तो नेकपाले अहिलेसम्म त्यस्तो हिंसात्मक कार्य गरेको कहीँ, कतै पाइएको छैन । नेकपाका शीर्षनेतादेखि कार्यकर्तासम्मलाई गिरफ्तार गर्ने, भूठा मुद्दामा फसाउने कार्य हुँदासम्म उसले शान्तिपूर्ण ढङ्गले संघर्ष अगाडि बढाएको छ । यसबाट के पुष्टि हुन्छ, भने नेकपा राष्ट्र, राष्ट्रियता र जनता पनि जवाफदेही छ । उसको यही जवाफदेहिताका कारण सरकारको लोकप्रियतामा आँच आउने भएपछि सरकार नेकपामाथि खनिएको प्रस्ट हुन्छ । तसर्थ, सरकारले नेकपालाई निस्तेज पार्ने हो भने देश र जनहितको काम गर्नुप¥यो । राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयलाई सम्बोधन गर्नुपयो । नेकपालाई दबाएर निरंकुश ढङ्गले आफ्नो छवि उज्यालो पार्छु भन्ने सरकारको सोच निन्दनीय र लज्जास्पद छ । नेकपाले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा उभिएर जनताको मनमस्तिष्कमा छाइसकेको छ । तसर्थ, सरकारले नेकपालाई दबाउने सोच त्यागेर सहमति र सहकार्य गरेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ । अन्यथा सरकार संकटमा फस्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु