‘सरकारको सामाजिक फासीवादी कदमलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी’

२०७६ कार्तिक १ गते, शुक्रबार

काठमाडौँ, १ कार्तिक । अन्तर्राष्ट्रिय लेखक/ पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले सरकारको सामाजिक फासीवादी कदमलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले उक्त पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको प्रति आपत्ति जनाउदै सो आव्हान गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक/ पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ – “विप्लव नेकपाको पश्चिम कमाण्डको दाङ जिल्लाको एक ग्रामीण इलाकामा शान्तिपूर्ण रुपमा बसेको बैठक स्थानमा मध्ये रातमा प्रहरीले छापामार शैलीमा धरपकड गरेर स्वयत मच्चाउने जुन हर्कत गरेको छ यो ओली नेतृत्वको दलाल सरकारको भीषण दमनचक्र मच्चाउने हर्कत सामाजिक फासीवादको पराकाष्ठा शिवाय अरु केही होइन , दलाल ओली सरकारको यस प्रकारको सामाजिक फासीवादी दमनको सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु , लेखक / पत्रकार ,बुध्दिजीवी , मानवअधिकारवादी संघ / संस्थाहरु , आम सञ्चारजगत तथा आम मुक्तिकामी नेपाली जनताले घोर भ्रत्साहना र विरोध – भण्डाफोर गर्नु जरुरी छ । साथै यो दलाल ओली सरकारको सामाजिक फासीवादी कदमलाई अन्तर्राष्ट्रियकरण गर्न पनि जरुरी छ ।”

प्रतिक्रियाहरु