सरकारको नेतृत्व लिन एमाले तयार : ओली

२०७२ असार २२ गते, मंगलवार

बिराटनगर, आषाढ २२ । एमाले अध्यक्ष केपी ओलीले संविधान आएपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्ने बताएका छन् । एमाले जिल्ला कमिटी मोरङले गरेको अगुवा कार्यकर्ता भेलामा ओलीले एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्न भनिरहेकाले सरकारको नेतृत्व लिन एमाले तयार रहेको जानकारी दिए ।
एमाले चूप बसेका बेलामा पनि सरकारको नेतृत्व लिन दलहरुले आग्रह गरेको ओलीको भनाइ थियो । उनले चाँडै मुलुकले नयाँ संविधान पाउने दावी दोहोर्‍याए । साउन १५ सम्ममा नयाँ संविधान आउने उनको भनाइ थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु