सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदै

२०७५ जेष्ठ ७ गते, सोमबार

काठमाडौं, ७ जेठ । सरकारले आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारले अघि सारेको विकास र समृद्धिको नारालाई मूर्तरूप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट तयारीसमेत भइरहेको छ ।
संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । संयुक्त बैठक सकिएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ । सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु