सम्बन्धन विना सञ्चालित प्राबिधिक कक्षा तत्काल बन्द गर्न चेतावनी

२०७६ श्रावण ३ गते, शुक्रबार

काठमाडौं, ३ साउन । अखिल क्रान्तिकारी दाङ्गले सिटीइभिटीको सम्बन्धनविना सञ्चालित प्राविधिक कक्षा तत्काल बन्द गर्न चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले प्राबिधिक शिक्षाका नाममा विभिन्न आकर्षक खाले भ्रामक प्रचार गरिरहेकाले प्राबिधिक शिक्षा अध्ययन गर्ने रुचि भएका विद्यार्थीहरुले आफुले अध्ययन गर्न खोजेको संस्था सम्बन्धित निकाय बाट सम्बन्धन प्राप्त हो होईन, अध्ययन अवधिभर लाग्ने जम्मा शुल्क कति हो राम्रो संग बुझेर मात्र अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह पनि गरेको छ । केही शैक्षिक संस्थाहरुले तोकिएको शुल्क भन्दा बढी शुल्क विद्यार्थी बाट ल्याएको पाइएकाले गैरकानुनी रूपमा बढी ल्याएको शुल्क तत्काल विद्यार्थीलाई फिर्ता गर्न पनि माग गरिएको छ ।
यस बिषयमा अखिल क्रान्तिकारी दाङ्गका जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक अनिल केसी र केन्द्रिय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष कमरेड प्रीतिमा चौधरीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्ति यस्तो छ – ” त्याग ,बलिदान र समर्पणको पर्याय हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी)शिक्षा क्षेत्रमा देखिएका निजीकरण ,व्यापारिकरण,भ्रष्टिकरण लगाएतका विकृति विसंगतिका विरुद्ध स्थापना कालदेखिनै निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा दाङ जिल्ला समितिको विस्तारित बैठक संगठनका केन्द्रिय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष कमरेड प्रीतिमा चौधरीको अध्यक्षतामा सम्पन्न भयो । उक्त बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु जानकारीका लागी यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
१) देशको मुक्ति,स्वाधीनता र परिवर्तनको निम्ति भएका आन्दोलनहरु महान १० बर्षे जनयुद्ध ,जनआन्दोलन ,एकीकृत जनक्रान्तिको दौरानमा आफ्नो जिवनको बलिदानी दिनुहुने सम्पुर्ण ज्ञात अज्ञात महान सहिदहरु प्रती १ मिनेट मौन धारण गरियो साथै घाइते तथा बेपत्ता योद्धाहरुलाई बिशेष स्मरण गरियो ।
२) कमरेड अनिल के सी को संयोजकत्वमा २८ सदस्यीय २३ औं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरियो ।
३) अहिले विद्यालय हरुमा कक्षा ११ को भर्ना चलिरहेकोले विद्यार्थी छनोट गर्ने नाममा सामुदायिक विद्यालयहरुमा पनि परिक्षा गराउने र विद्यार्थीहरु परिक्षामा पास नभएको नाममा पढ्न बाट बन्चित गराई रहेकाले उक्त कार्य तत्काल रोकि विद्यार्थीहरुलाई पढ्न पाउने अधिकार बाट बन्चित नगराउन अनुरोध गर्दछौं साथै लक्षित बर्ग भित्र पर्ने विद्यार्थीहरुले पाउने जम्मा भर्ना भएका विद्यार्थीको १०% प्रतिशत छात्रवृत्ति नियम अनुसार पारदर्शी ढंगले समयमै वितरण गर्न पनि अनुरोध गर्दछौं ।
४) प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को सम्बन्धन बिना अबैध रुपमा संचालन गरिएका नक्कली शैक्षिक संस्था हरु तत्काल बन्द गर्न अनुरोध गर्दछौं । अहिले शैक्षिक दलाल हरुले प्राबिधिक शिक्षाका नाममा विभिन्न आकर्षक खाले भ्रामक प्रचार गरिरहेकाले प्राबिधिक शिक्षा अध्ययन गर्ने रुचि भएका विद्यार्थीहरुले आफुले अध्ययन गर्न खोजेको संस्था सम्बन्धित निकाय बाट सम्बन्धन प्राप्त हो होईन, अध्ययन अवधिभर लाग्ने जम्मा शुल्क कति हो राम्रो संग बुझेर मात्र अध्ययन गर्न अनुरोध गर्दछौं साथै CTEVT द्वारा सम्बन्धन प्राप्त केहि शैक्षिक संस्थाहरुले तोकिएको शुल्क भन्दा बढी शुल्क विद्यार्थी बाट ल्याएको पाइएकाले गैरकानुनी रूपमा बढी ल्याएको शुल्क तत्काल विद्यार्थी हरुलाई फिर्ता गर्न अनुरोध गर्दछौं ।
५) यातायात ,स्वास्थ ,मनोरञ्जन मा राज्यले घोषणा गरेको ४५%प्रतिशत विद्यार्थी सहुलियत सहज रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय लाई अनुरोध गर्दछौं ।
६) शैक्षिक माफिया तथा शैक्षिक दलालहरु विरुद्ध साथै शिक्षा क्षेत्रमा देखिएका तमाम खाले विकृती ,विसंगति विरुद्ध आन्दोलन गर्ने ।
७) सम्पुर्ण बामपंथी ,प्रगतिशील ,लोकतान्त्रिक , देशभक्त विद्यार्थीहरु एकजुट भइ व्यापक मोर्चा निर्माण गरि शिक्षा क्षेत्रमा देखिएको विकृति ,विसंगति ,ब्यापारीकरण, दलालिकरण ,भ्रष्टिकरण ,माफियाकरणको अन्त्य गर्न र एकीकृत जनक्रान्ती को माध्यम द्वारा दलाल संसदीय राज्य व्यवस्था को अन्त्य गरि श्रमजीवी जनताको बैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने महान अभियानमा लामबद्ध नेपाली जनताको आसा र भरोसा बोकेको पार्टी नेपाल कम्युनिस्ट पार्टी माथी केपी पिके नेतृत्वको दलाल भ्रष्ट हरुको सरकारले लगाएको प्रतिबन्ध फिर्ता गर्न ,गैरकानुनी रुपमा निर्दोष नेता,कार्यकर्ता ,समर्थक,शुभचिन्तकहरुलाई गिरफ्तार गरि जेल हिरासतमा राखेर अनावश्यक दुख दिईरहेको र मुडभेटको नाममा निर्दोष नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरि आतंक मच्चाइ रहेकाले यो दलाल ,भ्रष्ट सरकारको रबैयाका विरुद्धमा उत्रिन पनि हार्दिक अपिल गर्दछौं ।”

प्रतिक्रियाहरु