सम्पादक चन्दलाई २४ घण्टाभित्र सर्वोच्चमा पेश गर्न आदेश

२०७५ मंसिर १७ गते, सोमबार

काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालतले पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई पक्राउ गर्नुको कारणसहित सर्वोच्च अदालतमा पेश गर्न आदेश दिएको छ । न्यायाधिश दीपककुमार कार्कीको एकल ईजलासले सम्पादक चन्दलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आज आदेश दिएको हो ।
पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड विरुद्ध अफवाह फैलाउने समाचार लेखेको आरोपमा सम्पादक चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर ११ गते पक्राउ गेरेको थियो । विनाकारण पक्राउ गरिएको भन्दै चन्दका भाई रमेश डाँगीले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु