सम्पत्ति विवरण र्सार्वजनिक गर – राजेन्द्र चिमौरिया

२०७० बैशाख १५ गते, आईतवार


प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष र मन्त्रीहरुले आप\नो सम्पत्ति विवरण र्सार्वजनिक गर्ने परम्परालाई तोडेर गोप्य राखेका छन् । यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरण मन्त्रिपरिषद्ले आप\नो वेवसाइटमा राख्ने र सरकारी मुखपत्र गोरखापत्रमार्फ् र्सार्वजनिक गर्दै आएको थियो । २०४६ सालको जनआन्दोलनपछि जननिर्वाचित सरकारले विधिवत्रुपमा निर्ण्र्ाागरी सरकार प्रमुख र मन्त्रीहरुले १५ दिनभित्र आप\नो सम्पत्ति विवरण मन्त्रिपरिषद्मा बुझाउने र त्यसलाईं र्सार्वजनिक गर्ने परम्पराको थालनी भएको थियो । यस परम्परालाई सबै सरकारले पालना पनि गर्दै आएका थिए । तर, रेग्मी सरकारले विगत १८ वर्षेखि कायम रहँदै आएको उक्त परम्परालाई तोडेको छ । रेग्मी नेतृत्वको सरकारले मन्त्रिपरिषद्ले संविधान र कानुनअनुसार सम्पत्ति विवरण र्सार्वजनिक गर्नुपर्ने व्यवस्था नभएकोले र्सार्वजनिक नगरिएको भन्दै देश र जनतालाई गुमराहमा राख्ने काम गरेको छ । चार दलको राजनीतिक एकाधिकारको शिकार बन्दै सरकारको बागडोर सम्हाल्न पुगेको रेग्मी सरकारको यो शैलीले भविष्यमा भ्रष्टाचार र अनियमिततालाई मौलाउने अवसर दिने पक्का छ । हुन त नेपाली जनताको भावनाविपरीत चार दलको खेताला बन्दै सरकारमा पुगेकोले यस किसिमको हर्कत गर्नु नौलो कुरा होइन । तैपनि लोकतन्त्रको रक्षा गर्ने दुहाई दिँदै सरकारको बागडोर हाँक्न पुगेकाले जनताको सुसूचित हुन पाउने सामान्य हकलाई समेत नजरअन्दाज गर्नु भनेको आफैंमा लाजमर्दो विषय हो । त्यस कारण लोकतन्त्रको दुहाई दिँदै सरकारको बागडोर सम्हाल्न पुगेकाहरुले विगत १८ वर्षेखि कायम भएको सकारात्मक परम्परा तोड्नु आफेँमा नाजायज हो । सरकारको यस शैलीले झनै अनियमितता र भ्रष्टाचार मौलाउने वातावरण बन्न पुग्छ । त्यसैले सरकारले तत्काल आप\नो सम्पत्ति विवरण र्सार्वजनिक गरेर उच्च पदस्थ सबैलाई अनिवार्य रुपमा सम्पत्ति विवरण र्सार्वजनिक गर्न बाध्य पार्नुपर्छ ता कि कुनै पनि व्यक्तिले आप\नो पद र पहुँचको दुरुपयोग गरेर अथाह सम्पत्ति नथुपारोस् । नेपाली जनता यही चाहन्छ र त्यसैले रेग्मी सरकारले तत्काल आप\नो सम्पत्ति विवरण र्सार्वजनिक गरोस् । सरकारले जो उगुवा उही…… भन्ने नेपाली उखान चरितार्थ नगरोस् । आजको आवश्यकता, समयको माग र नेपाली जनताको चाहना पनि यही छ ।

प्रतिक्रियाहरु