समृद्धि, विकास र समाजवाद, भ्रम र वास्तविकता – संसार सेन पृथक

२०७५ मंसिर २३ गते, आईतवार

जबर्जस्त समयसग जिस्कने मान्छेलार्ई इतिहासले नाङ्गै हिडाउँछ – थोमस फुलर
विश्वब्यापी अव्यवहारिक यो दुनियाँमा प्रचार साम्राज्यले न त हिट्लर टिकेको देखिन्छ न त दुनियाँका जोकोही तानाशाही शासकहरु टिकेको इतिहास छ रुप र सार पछ्यलाई समाजमा सैद्धान्तिक तथा ब्यभारिक दुबै हिसाबले सूक्ष्मा अध्ययन गर्ने गरिन्छ । कम्युनिस्ट सरकार भएको राष्ट्रमा पहिलो कुरा सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने कुराको चुरोले छिन्ने गर्दछ । त्यस्तै बर्तमान नेपाल सरकारले आफ्नो चुनावी घोषणपत्र र सरकारमा पुगिसकेपछि गर्ने हरेक क्रियाकलापले भन्ने गरेको समृद्धि विकास र समाजवादको नाराले पूर्णता पाउनेभन्दा पनि शान्ति, समृद्धि लोकतन्त्रलार्ई दूधमा विष घोलन गरेर मृत्युको पिँजडाभित्र डिस्पोजल गरिएको घामझै छर्लङ्ग छ ।
वास्तविक समृद्धि र समाजवाद
संसारभरि यतिबेला दुइथरि निरङ्कुस्ता र दुइथरि समाजवाद देखिन्छन् । केन्द्रीकृत बितरण र बिकेन्द्रिकृत उत्पादन जो अहिलेको अमेरिकी तानाशाही तथा युरोपेली साम्राज्यवाद प्रखर रूपमा देखापरेको छ । जसले मजदुरले संगठित र एकीकृत तागतद्वारा आफ्नो अधिकार प्राप्त गर्न नसकून् भन्ने नै रहेको छ । अर्को एकीकृत सामन्ती शासनलाई नबगठित तथा पुनर्गठित गरेर नवदलाल सामन्तवादको विकास र उदय जसले आशा लोभ–प्रलोभनमा पारेर सिधासोझा समुदायलार्ई थुमथुम्याउने ठिक्क उसैको प्रर्यायवाचीको रूपमा नेपाली शासकहरु पन्चायतको तेस्रो संस्करणको नबगठित उदय भएको हो । बर्तमन सरकार कम्युनिस्ट हो भनेर भ्रमपूर्ण प्रचार गर्न जबर्जस्त एनजिओ कम्युनिज्म लागेका छन् किनकि नेपाली जनता झन्डै ८७५ समाजवादमा आस्था राख्छन् भने ६९.७५ जनसमुदाय कम्युनिस्टप्रति आस्था राख्छन्, जसलाई आफ्नो काबुमा लिनको लागि एनजिओको दबाबमा पार्टीको नाम कम्युनिस्ट र सरकारको नारा समाजवाद र समृद्धिको अकल्पनीय सुगा रटाइ रटाउन लागिएको हो । बर्तमान संविधान सरकार र सम्बद्ध राजनीति पार्टीको समाजवाद र समृद्धितिर जाने कुनै भिजन नभएपछि युरोपेली प्रचार साम्राज्यको नक्कल गरिएको मात्रै हो ।
जतिसुकै आमजनसमुदायमा बर्तमान सरकार गठन पूर्व देखाएका कोरा सपनाहरूदेखि समाज आजित र तीब्र असन्तुष्टि पैदा हुँदै गएको छ । अझ समाजवाद र समृद्धिको मूलेनारा के–केले खायोभन्दा जनताका अद्भूत जीबनस्तर ज्यूँका त्यूँ छन् । कर्णालीमा स्याउ, आलु कुहिएको अवस्था छ । सिम्लाबाट स्याउ भारतको आलु भित्र्याउने गरिएको छ । गाउँमा दही, दूध, मलको खाल्डोमा पोखेर ट्याङ्करका ट्याङ्कर दही, दूध भारतबाट भित्र्याउने गरिएको छ । ग्रामीण गाउँहरुमा तरकारीको बोटलगायत पर्याप्त किसानले उत्पादन गरेका कृषिजन्य बस्तुले नेपालको बजार देख्न पाउँदैन छुद्र कमिसनको आशामा बिदेशी उत्पादित बस्तुहरुले नेपाली गाउँबस्तीहरु छोपिएको देखिन्छ । यसले के प्रमाणित गर्दछ भने बर्तमान सरकार जनताप्रति उत्तरदायी छैन ।
अर्को कुरा बर्तमान भन्ने गरेको नेकपाको सरकार सम्भबतः युरोपेली डिजाइन र उसकै गुरुयोजनामा बनेको हो । समाजवाद र समृद्धि विकास हुन नदिन र नेपालबाट कम्युनिस्ट नामधारी सरकार बनाएर बिश्वमा नकारात्मक सन्देश दिने र विश्वभरि कम्युनिस्ट आस्थाबान जनसमुदायप्रति बितृष्णा उत्पादन गर्ने हेतुले निर्माण गरिएको हो । यसका ज्वलन्त उधारण छन् । बिश्वको इतिहासमा कुनै सामन्ती तथा दास मालिकले नगरेको काम गरिब निमुखा सुकुम्बासी मजदुर किसानबाट चरम चर्को कर असुली गर्नु । बिडम्बना त के भने तीन साइकलदेखि माछा मार्ने माझी गाई, गोरु, भैंसी, खसी बाटोमा बसेर हस्तचक्रको खेती गरेर बाँचेका ज्योतिष, रिक्सा मजदुरसँग कर असुली गरेर अत्यन्तै गरिब र निमुखा जनताको जीवनस्तर अरु गरिब बनाउनेतर्फ उद्यत छ । माक्र्सवाद–लेनिनवाद–माओवाद माओ बिचारधारा मान्ने जोकोहीले पनि यो कार्यको सैद्धान्तिक फासी दिन्छ । हामीले पर्याप्त मात्रामा यी बनाइएको संघ प्रदेशको क्षमता र सृजनादेखि सक्यो जहाँ बेरोजगार नारीहरुलाई रोजगार दिएर स्वाभिमान तरिकाले बाँच्न सिकाउनुको अलबा यौन ब्यबसायको परिचयपत्र दिएर महिला हिंसालार्ई अन्त्य गर्ने रे सुन्दै बिश्वब्यापी लाजमर्दो र नाक खुम्चिने कम्युनिस्ट सरकारमा कहीँ, कतै छैन र थिएन पनि वास्तविक तथा सैद्धान्तिक कोणबाट यो सरकारको मूल्यांकन गर्ने हो भने युरोपेली समाजको नक्कली फोटोकपी मात्रै हो ।
बिश्वब्यापी साम्राज्यवादका नायकहरु यतिबेला संसारका उत्पीडित राष्ट्र र मजदुर किसानमाथी आर्थिक राजनैतिक सामाजिक संस्कृतिक तथा धार्मिक तवरले आपूm अनुकूल सैद्धान्तिक तथा सैनिक हमला गर्न सोही अनुकूलका मुठिभर चाटुकर खेतालाहरु प्रयोगमा ल्याउने योजनाको तयारीमा छ र गरिएको छ बिगत र बर्तमानमा सुडान तथा सिरिया लगायतका उत्पीडित राष्ट्र र जनताको जुन प्रकारको हालत बनाएको छ । सोही अनुसार नेपालमा केपी वलि तथा प्रचण्डको अगुवाईमा नेपाललार्ई भु–सेतुबाट युद्धको रन मैदान बनाउने चाल खेलिरहेको छ जुन साम्राज्यवादी गुरुयोजनालार्ई राम्रोसँग सत्तामा बसेका राष्ट्रभक्ति जनप्रेमिले र प्रतिपक्षी राजनीति दललेसमेत बुझ्न नसक्नु राष्ट्र र जनताको लागि अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो ।
बर्तमन राज्यको पुर्नसंरचना संविधान संघीयता धर्म निरपेक्ष्यता र राष्ट्रको मुलुकी सहिता ऐन युरोपेली तथा जाइकाले तयार पारेर दिएको हो । फादरमोन तथा जर्ज सोरसको मनग्ये आर्थिक स्वार्थमा जुन नेपाली राजनीति चलखेल भएको छ त्यसको ज्वलन्त उदारण राष्ट्रमा थेग्न नसक्ने चर्को कर र चरम उत्सर्गमा पुगेको महङ्गीले नेपाली जनता र राष्ट्र समृद्धि र विकासको बिसौ बर्ष सेटब्याकमा धकेल्लेको सजिलैसँग बुझ्न सकिन्छ । बर्तमन सरकार समृद्धि विकास र समाजवादको सहि दिसामा नभएर त्यसको ठिक उल्टो रोडम्यापमा हिँडिरहेको कुरा यत्रतत्र छर्लङ्ग छ ।
युरोपेली चाख र अनियंत्रित नेपाली राजनीति ।
खासगरी बिश्वका उत्पीडित बर्ग र जनसमुदाय साम्राज्यवाद तथा सामन्ती निरंकुस्ताको विरुद्धमा व्यापक बितृष्णा र कम्युनिस्ट सिद्धान्त बैज्ञानिक समाजवादप्रति आकर्षक बढदै गएपछि त्यसैलाई निरुत्साहित र निस्तेज पार्न आपूm अनुकूल युरोपेली तथा अमेरिकी साम्राज्यवादले नेपालबाट कम्युनिस्ट नामको सरकार बनाएर बिश्वब्यापी कम्युनिस्टको बदनाम र बितृष्णा पैदा गराउन यो चाल चालेको हो । जसका सामन्य उधारन माछा मार्ने माझी, हस्तचक्र हेर्ने चौतारी ज्योतिष, गाई, भैंसी खसी बाख्रा साइकल लागायत उत्पीडित बर्ग जाति र समुदायको जिबनस्तर चरम गरिबी तिर धकेलिएको छ जस्लेगर्दा नेपाल सरकारको अपबित्र निर्णय नेपाली जनसमुदाय र अन्तर्राष्ट्रिय सर्बहारा बर्ग समुदायको नजरबाट नकारात्मक प्रभाव दिएको छ । तितो यथार्थत के हो भने यो सरकार वास्तविक कम्युनिस्ट नभएर रानाहरुको तेस्रो संस्करन तथा पन्चायतको उच्चतम ब्यबस्थापन मात्रै हो । यहीँ अन्यौल र तरलिकृतताको बीचबाट हैकमवादी साम्राज्यवाद बिश्वब्यापी आफ्नो राजनीति सैनिक तथा धार्मिक मिसन प्रतिस्थापन गर्न खोजेको हो बर्तमन सरकार कम्युनिस्ट सिद्धान्त हो र सत्ताधारी राजनीति दल कम्युनिस्ट हो । भन्नेकुरा साम्राज्यवादका एजेन्ट आइएनजिओको भ्रमपुर्ण प्रचार(प्रसार हो ।
वास्तविक कम्युनिस्ट र वास्तविक समृद्धि ।
खासगरी साम्राज्यवादी उत्पादन प्रणाली अहिलेको युगमा उत्पीडित बर्ग समुदाय र राष्ट्रको विरुद्धमा छ बिकेन्द्रिकृत उत्पादन र केन्द्रिकृत बितरन सामाजिक सामन्ती साम्राज्यवादको मुल योजना हो । त्यसको विरुद्धमा वास्तविक सैद्धान्तिक अबधारणा र स्पष्ट दृष्टिकोण बेगरको राजनीति पार्टी वास्तविक कम्युनिस्ट पार्टी नै हुन सक्दैन राष्ट्रिय स्वाधीनता जनसमुदायको वास्तविक समस्याको समाधान भनेको बिकेन्द्रिकृत उत्पादन र केन्द्रिकृत बितरणका विरुद्धको एकीकृत तथा केन्द्रिकृत जनसंघर्ष नै उतम सिद्धान्त हो । जापान, चाइना, रूस लागयतका राष्ट्र विकासको यो गतिमा पुग्नु पनि साम्राज्यवादका हरेक योजनाको तत्कालीन क्रान्तिका मोडल अनुरुपको परिणाम हो नेपालमा अहिले पनि यहीँ समस्याको समाधान विधि र प्रक्रियाबाट छैन समृद्धि विकास र समाजवाद असफल समसदिय ब्यबस्थाबाट सम्भावना कम छ यसको विकल्प बैज्ञानिक समाजवाद नै उत्तम विकल्प हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु