समाजवादी क्रान्तिको निकट संभावना र केपि प्रचण्डको अन्तिम रबैया – संसारसेन पृथक

२०७६ चैत्र ९ गते, आईतवार

माक्र्सवाद अध्ययन गरेर कम्युनिस्ट नैतिकता आचरण छैन भने त्यो माक्र्सवादी कम्युनिस्ट हुन सक्तैन किनकि सर्बहारा मजदुर किसान श्रमजीवि बर्गको लागि त्यो नै अन्तिम दुश्मन हो – माओत्सेतुङ ।
बिश्वब्यापी तथ्य र तीता यथार्थ इतिहासहरु यस्ता छन्, जहाँ बाच्नको लागि पैसा ज्ञान आर्जन गर्नका लागि पैसा र पैसाका लागि आपूmले बस्दै खाँदै आएको भुमि घर, बास बेचेर जब त्यो देशको नागरिकलाई टापुमा गएर दासको जिन्दगी बिताउने परिस्थिति शासक बर्गबाट निर्माण हुन थाल्छन् । त्यो देशको शासन ब्यबस्था त्यो देशको नभएर बिदेशी इशारामा चलेको हुन्छ र त्यो देशमा बिद्रोह झनै मजबुत बनेर अगाडि बढिरहेको हुन्छ । आज हाम्रो देशको राज्य ब्यबस्था र सरकारी स्वरुप फरक छैन । संसारका प्रायः मुलुकमा राजनीति परिवर्तनको लागि भएका क्रान्तिले राज्यको शासकिय स्वरुप राज्य ब्यबस्था सन्चालनको विधि प्रक्रिया बदलेर त्यो देशको मूल समस्या वर्गीकरण गरेर एकाएक परिवर्तन गरेर राष्ट्रको विकास समृद्धि जनताको दुःख सुखको बाटोमा देशलाई अगाडि बढाएको पाइन्छ । दुर्भाग्यपूर्ण इतिहास हाम्रोजस्तो जल, जमिन, जडिबुटीले सुसम्पन्न देशमा बर्गीय असमानता सुशासन शान्ति र प्रजातन्त्रको लागि अझ सरलीकरण गरेरभन्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि २००७ देखि अहिलेसम्म दर्जनौं राजनीति क्रान्ति र आन्दोलन भएको पाइन्छ । तर, जनता र राष्ट्रको लागि एउटा मात्र परिणाम देखिएको छैन । यसको एउटा कारण राजनीति तथा सैद्धान्तिक रूपमा इमान्दारिता पारदर्शिता र जवाफदेहिता नै प्रमुख समस्या देखिन्छ । यहाँनेर जुन उद्देश्य लिएर राजनीति क्रान्ति गरिएको हो । सत्तामा पुगेपछि त्यो नगर्नुले हरेक राजनीति आन्दोलनको उपलब्धि परिणामत शून्यतामा झरेको तीतो यथार्थ हो । हातले बारम्बार गरेको राजनीति क्रान्ति र आन्दोलन किन परिणाममुखी बनेन । त्यो कुरालाई गम्भीर बनेर सोच्ने होइन भने त्यसको दूरगामी समस्याले हामीहरु थिचोमिचो रहिरहनु पर्ने अबश्य छ । प्रायः विकसित राष्ट्रहरुमा राजनीति क्रान्तिका इतिहासहरु सिङ्गो ब्यबस्था परिवर्तन गरेर जुन उद्देश्यमा क्रान्ति भएको छ, त्योअनुसारको राज्यको स्वरुप शासन प्रणाली सुरुवात गरेको पाइन्छ । हाम्रो देशमा गरेको राजनीति क्रान्तिपछि बिपरित बर्गसँग सम्झौता र सहकार्य गरेर राष्ट्र र जनताको समस्या यथास्थितिमा छोडेर देशी–बिदेशी दलाल, माफिया तथा अराष्ट्रिय तत्वसँग मिलेर पुनः जनतामाथि दमनको बाटो अपनत्व गर्नु नेपाली राजनीतिको जर्जर समस्या बनेको देखिन्छ । सबैभन्दा तितो दुर्भाग्यत २०५२ साल फाल्गुन १ गतेदेखि संचालित ऐतिहासिक जनयुद्धको राजनीति इतिहासमा उठान् गरेका जनताका आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा सिङ्गो राज्य ब्यबस्थानै बदल्ने उद्देश्यसहित थालिएको जनयुद्धमा हजारौंको बलिदान, सयौं घाइते अपांग र बेपत्ताको अद्भूत इतिहास छ जुन उद्देश्यसहित थालिएको जनयुद्धलाई बिदेशी प्रतिक्रियावादीसँग आत्मसमर्पण गरेर बिधिबत समापन गरेको घोषणा प्रचण्ड खेमाको दक्षिणपन्थी गुटले गरे । त्यो नै नेपाली राजनीति इतिहासमा सबैभन्दा बैमानी भएको छ । जतिबेलासम्म प्रचण्डसँग सर्बहारा बर्गको सही दृष्टिकोण थियो । त्यहाँसम्म प्रचण्डले अगुवाइ गरेको हरेक योजना सफल बन्दै गएको जब उहाँले सर्बहारा बर्गिय दृष्टिकोणलाई छोडेर बुर्जुवा बर्गसँग सम्झौता गर्नुभयो । नेपाली समाजमा तीब्र असन्तुष्टि र वर्गसंघर्षका रुपहरु यो वा त्यो रूपमा सतहबाट उब्जन थाले । पुनः प्रचण्डलेनै बुर्जुवा बर्गको नेतृत्व गरेर सर्बहारा बर्गलाई चरम् फासीवादीशैलीमा दमनको हत्कण्डा अपनाउनु पर्ने परिस्थिति सृजना भएको छ । यसको मूल कारण भ्रष्ट संसदीय ब्यबस्थानै दलाल पुँजीवादी ब्यबस्थामा परिणत भएको छ, त्यसको मूल अगुवाइ केपि प्रचण्डले गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएको छ ।
के थियोे जनयुद्धको मूल उद्देश्य ?
जनयुद्धको मूल उद्देश्य सर्बहारा बर्गको राज्यब्यबस्था निर्माणका लागि साम्राज्यवाद बिस्तारवाद देशीय सामन्तवाद तथा घरेलु प्रतिक्रियावादी शक्तिको आडभरोसामा बनेको दलाल संसदीय ब्यबस्थाको समूल नस्ट गरेर सर्बहारा बर्गको राज्यसत्ता निर्माणका लागि नौलो जनवादी क्रान्ति सम्पन्न गर्नु थियो । त्यहीँ उद्देश्यको कारण लाखौं जनताको सहयोग हजारौंको सहभागिता बलिदान घाइते, अपांग, बेपत्ताको अविरल इतिहास बन्यो, जसले बिशाल भूगोलमा जनताको जनसत्ता जनमुक्ति सेना र जनताको क्रान्तिकारी पार्टीको निर्माण भएको हो । जहाँसम्म प्रचण्डले उत्पीडित बर्ग समुदायको अगुवाइ गरिरहेका थियो । त्यतिबेलासम्म सर्बहारा बर्गीय दृष्टिकोण निर्माण बन्दै गयो, जसले प्रचण्डलाई एउटा अद्भूत क्षमताको लिडरमा स्थापित ग¥यो । ५५ खुपिया एजेन्सी २५५ मध्यम बर्गको जिम्मामा सर्बहारा क्रान्तिलाई बिसर्जन गरेपछि बाँकी ७०५ गरिब बिपन्न श्रमिक श्रमजीवि महिला दलित आदिवासी जनजातिका हितमा कम्युनिस्ट कार्यदिशा र सर्बहारा बर्गिय दृष्टिकोण निर्माण होइन । दलाल पुँजीवादको शरणमा लिप्त हुनुपर्ने परिस्थितिजन्य बाध्यता आएको हो । एउटा भ्रमबाट मुक्त हुन के जरुरी छ भने बर्तमन सत्ताधारी कम्युनिस्ट नामको पार्टीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन अगाडि बढछ भन्ने भ्रमणबाट पूर्ण रूपमा मुक्त हुन जरुरी छ । आर्थिक कार्यदिशाले सम्पूर्ण नीतिको वास्तविक चरित्र चित्रण गर्दछ । त्यसैले अहिलेको सरकारमा जनयुद्धको भाबभुमि र झापा बिद्रोहको इतिहास बोकेका कथित कम्युनिस्ट राजनीति पार्टीको परिचय दिन रुचाउँछन् । बिडम्बना सत्तामा पुगेर निर्माण गरेको आर्थिक कार्यदिशा सम्पूर्ण हिसाबले बिदेशी एजेन्ट दलाल भूमाफियाको अनुकूलताअनुसारको हुनुले पनि बर्तमान सत्ताधारी पार्टी सम्पूर्ण हिसाबले कम्युनिस्ट तथा बामपन्थी सोच, चिन्तनले पतित भएको पुष्टि गर्दछ । त्यसको मूल कारक समस्या प्रचण्ड र केपि वलि नै हुन भन्नेमा दुईमत छैन ।
कम्युनिस्ट आन्दोलन र नेपाली समाज
कम्युनिस्ट पार्टी मजदुर किसान श्रमजीवि श्रमिक जनताको पार्टी हो । बिडम्बना यतिबेला नेपाली जनताहरु कम्युनिस्ट पार्टीप्रति निराशाजनक देखिन्छन् । यसको मूल कारण कथित कम्युनिस्ट नामधारी शक्ति सत्तामा बसेर सर्बहारा श्रमजीवि मजदुर, किसान बर्गको हितबिपरित कार्यक्रममा लिप्त हुनुले कम्युनिष्टको नाममा जनता र राष्ट्रमाथि अत्यन्तै धोकापूर्ण कृयाकलाप गर्नुले जनतामा निरासा कुण्ठा उत्पन्न हुनु स्वभाबिक हो । दश बर्षको जनयुद्ध र झापा आन्दोलनका मूल नेतृत्वनै दलाल संसदीय ब्यबस्थाको परिपाटीको जालोमा फस्नुले कम्युनिस्ट राजनीति शक्ति प्रति अबिस्वास्नियता उत्पन्न भएको हो ।
नेपालमा लामो समयदेखि वैदेशिक हस्तक्षेप र जनघातका कामहरू जे–जति भएको छ । ती सबै अहिलेको बर्तमान दलाल संसदीय राजनीति शक्तिको कारण हो, जबसम्म यो दलाल राजनीति परिपाटीको अन्त्य गर्न सकिँदैन । तबसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाको वास्तविक प्रत्याभूत गराउन सकिदैन । त्यसको लागि अनिवार्य कम्युनिस्ट आन्दोलनको अनिवार्य आवश्यकता बनेर आउँदछ । अबको कम्युनिस्ट पार्टीको निर्माण र कम्युनिस्ट आन्दोलन बहुराष्ट्रिय दलाल पुँजीवाद र त्यसको आडमा निर्माण भएको दलाल संसदीय ब्यबस्थाको विरुद्धमा हुन् जरुरी छ । नेपालमा कम्युनिस्ट आन्दोलनका रुपहरु बिकसित बिश्व राजनीति घटनाअनुसार साम्राज्यवाद तथा दलाल नोकरशाही ब्यबस्थाको अन्त्य र सर्बहारा श्रमजीवि बर्गको राज्य ब्यबस्थाको स्थायी स्वरुप कसरी दिन सकिन्छ भन्नेमा नै महान् बहस हुन जरुरी छ । सत्तामा रहेकोे कथित कम्युनिस्ट नामको पुँजीवादी पार्टीको भ्रम च्यात्दै सर्बहारा नैतिक इमानदारितासहित माक्र्सवाद, लेनिनवाद, माओवादको बैज्ञानिक आदर्शसहितको कम्युनिस्ट पार्टीको निर्माण गर्न र त्यसको नेतृत्वमा नौलो जनवादी क्रान्तिका कार्यभार पूरा गरी बैज्ञानिक समाजवादमा पुग्ने सपार्ट आधार तयार गर्नु अनिवार्य जरुरी छ । त्यसको लागि मालेमावादमा बिश्वास राख्ने सम्पूर्ण क्रान्तिकारी शक्ति संगठित रूपमा एकठाउँमा रहन जरुरत त्यतिकै छ ।
किन जरुरी छ जनताको जनवादी गणतन्त्र ?
जनतलाई स्पष्ट हुन जरुरी छ, गणतन्त्र नामको सबै सरकार कम्युनिस्टको हुँदैनन्, जहाँ सर्बहारा श्रमजीवि मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, उत्पीडित बर्गको समाबेसी समानुपातिक रूपमा समान सहभागितासहितको पारदर्शिता जवाफदेहिता नैतिक प्रतिबद्धतासहितको कम्युनिस्ट पार्टीको सरकार र सर्बहाराबर्गको अधिनायकत्व बन्छ । त्यस्तो ब्यबस्थानै जनताको ब्यबस्था हो र वास्तविक गणतन्त्र हो । त्यसको लागि जनताको नौलो जनवादी क्रान्ति अनिवार्य जरुरी हुन्छ किनकि गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ, रोजगारमा सुलभ तरिकाले जनताले आर्जन गर्न र गराउन सम्पूर्ण अधिकार जनतामा निहित हुन जरुरी हुन्छ । जनवादी गणतन्त्रमा जनता शासक र सरकार सेबकको भूमिका अधारित हुन्छन् । अहिलेको यो राज्य ब्यबस्था सरकार मालिक र जनता त्यसको ज्याला बेगरको मजदुरको भूमिकामा छ । यस्तोखाले दलाल संसदीय गणतन्त्रले सुख, शान्ति समृद्धि संसदीय राजनीति दलहरूले दिन्छन् भनेर सर्बहारा बर्गले आश गर्नु बालुवा पेलेर तेलको आशा गर्नु जस्तै हो । त्यसको लागि जनताले नैतिक इमानदारी कम्युनिस्ट पार्टीको अगुवाइमा जनवादी क्रान्ति मार्फत जनताको जनवादी गणतन्त्र निर्माण गरेर बैज्ञानिक समाजवादमा जान अनिवार्य छ
अहिलेसम्म प्रचण्ड र केपि वलीले अगुवाइ गरेको कम्युनिस्ट पार्टी र सरकार कम्युनिस्टको हो भन्ने कुरामा सरकारले ल्याउने नीति कार्यक्रमलेनै स्पष्ट बनाउँछ । कम्युनिस्ट पार्टी हो या दलाल पुँजीवादी बुर्जुवा बर्गको हित अनुकूल बनेको राजनीति शक्ति हो, जबसम्म यो शक्तिलाई क्रान्तिकारी शक्तिकै रूपमा जनताले बुझिरहन्छ, तबसम्म दुःख पाइरहेको हुनेछ । इमानदार कम्युनिस्ट कार्यकर्ता जनताले अब अनिवार्य निर्णय लिन जरुरी छ । बर्तमान सत्ताधारी डबल नेकपा दस बर्षको जनयुद्ध र झापा आन्दोलनको लक्ष्य उद्देश्य बेचेर सत्तामा पुग्ने नाटकबाहेक अरु कुनैपनी छैन ।
शिक्षा, स्वास्थ, जल, जमिन र जडिबुटीको दलाली र माफियाकरण संस्थागत भ्रष्टाचार र संरक्षण राजनीति अराजकता, तस्कर, राष्ट्रघात, जनघात दलाल संसदीय राज्य ब्यबस्थाभित्रका राजनीति पार्टी नेता, कार्यकर्तामा फेरिएका जीवनशैली सर्बहारा आचरणलाई पार्टी नेतृत्वले सुधार ल्याउनुको अलबा आफैँ राजनीति आदर्श र सैद्धान्तिक बिचलनताको कारण जनतामा चरम असन्तुष्टि र सत्ता र सरकारप्रति घृणा उत्पन्न भएको छ । यो देखेर सत्तारूढ दल तथा संसदीय राजनीति पार्टीहरु अतालिन थालेका छन् । केपि प्रचण्डहरु राजनीति सैद्धान्तिक बिचलनता नैतिक सुशासन खोजिरहेका छैनन् । केबल सत्तामा कसरी पुग्ने र सत्ता कसरी टिकाउने खेलमा छन् । प्रतिपक्षी शक्ति भने सरकारले कमजोरी गर्दै जाओस् र अर्को निर्वाचनमा सत्तामा पुग्ने बाटो खोजिरहेका छन् । जनताले के बुझ्न जरुरी छ भने ब्यक्ति र पात्र राजनीति शक्ति बदल्ने भन्दानी दलाल संसदीय परिपाटी बदल्नु अनिवार्य छ । यहीँ कुरालाई भ्रमित पार्न गुटबन्दी तरिकाले राम्रा–नराम्रा कुराहरू ओकल्न कुनै अनौठो होइन । त्यसैले नेपाली समाजको असमानताको खाडल मेटाउन वर्गसंघर्षको आधार तयार बन्दै गरेको देखेर साम, दाम, दण्ड, भेद प्रयोग गरेर आफ्नो नाङ्गो रबैया प्रस्तुत गर्न प्रेसलगायत कानुन समेतलाई हातमा लिएर मजदुर, किसान र श्रमजीवि बर्गमाथि दमन गर्न आफ्नो फासीवादी उन्मुख रबैया प्रस्तुत गर्न थालेको देखिन्छ । यहीँबाट के पुष्टि हुन्छ भने आफ्नो अक्षमताको कारण उत्पन्न समस्याको कारण संगठित बिद्रोह तयार हुँदैछ भन्ने प्रष्ट छ । यो अबस्थाले बर्तमन दलाल संसदीय ब्यबस्था बचाउन देशी–बिदेशी प्रतिक्रियावादी शक्तिहरू अत्तालिनु स्वभाबिक देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु