समाचारवाचन गर्ने रोबोट !

२०७५ कार्तिक २६ गते, सोमबार

काठमाडौं, २६ कात्तिक । सूचना र प्रविधिको दुनियाँमा विभिन्न मुलुकले ठूलो फड्को मारेका छन् । दैनिक जीवनमा असहज महसुस गर्नको लागि साधन निर्माण भएका छन् भने हरेक कामलाई छोटो समयमा सम्पन्न गर्न प्रविधिले ल्याकत पनि राख्ने गर्दछ । हुँदाहुँदा अब समाचारवाचक पनि रोबोटले गर्न थालेको छ । पत्याउन नसकिने प्रविधिको विकासको यो रोचक प्रशग अबको क्रममा । यिनी चिनियाँ समाचारवाचक एआई । अन्य समयमा तपाईले टिभीमा देख्ने समाचार वाचक र उनीमा कुनै फरक देखिँदैन । प्रष्ट बोली र आकर्षित अनुहारले उनलाई झट्ट हेर्दा रोबोट हुन् भनेर छुट्याउन सकिँदैन । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले दिनको चौबिसै घण्टा समाचार सम्प्रेशण गर्न सक्ने भन्दै उनलाई समाचारवाचकको रुपमा प्रस्तुत गरेको हो । समय समयमा ब्रेकिङ समाचार प्रसारण गर्न यो प्रविधि विशेष रुपमा उपयोगी सावित हुनेछ । यो प्रविधि विकसित गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली प्रयोग गरिएको छ ।
यसमा मौलिक प्रस्तुतकर्ताको आवाज, ओठको चाल, भावभंगिमा नक्कल गरिएको छ । तर, उनी पहिलो समाचारवाचक भने होइनन् । यसअघि जापानले पनि एरिका नाम गरेको रोबोर्टलाई महिला टेलिभिजन प्रस्तोता बनाउन प्रयास गरेको थियो । तर, उनी प्रष्ट रोबोट नै हुन् भनेर छुट्याउन सकिन्थ्यो । तर, केही दिन अघि मात्रै सार्वजनिक भएका एआईलाई लिएर भने चीनियाँ सञ्चारकर्मीले नै प्रश्न उठाएका छन् । विना कुनै रुकावट २४ घण्टा नै समाचार वाचन गर्न सक्ने रोबोटले टेलिभिजनमा काम गर्ने पत्रकारको जागिर नै धरापमा पार्न सक्ने भन्दै उनीहरु आन्दोलित छन् ।
समाचार वाचनमा रोबोटको प्रयोग गर्न सकिनेभएपछि बाहिर गएर समाचार संकलन गर्ने पत्रकार पनि विस्थापित गर्ने गरि रोबोट उत्पादन हुनेमा चीनियाँ पत्रकार सशंकित भएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु