समस्याको जड दलाल पुजीवादी संसदिय व्यवस्था – श्यामवहादुर बोहरा ‘अटल’

२०७५ कार्तिक ६ गते, मंगलवार

यो दुनियामा हावा,पानी,जाडो र गर्मीले मानव स्वास्थ्यमा कुनै असर नगर्ने भैदिएको भए-लत्ता कपडा,घर ,जमिन लगाएतका भौतिक संपत्ती र दामको कुनै काम हुने थिएन,त्यस्को कुनै आवश्यकता नै हुने थिएन।यति भए पछि समाजमा धनी र गरिव जस्ता वर्गहरुको विभाजन पनि हुने थिएन।संपत्तिमा स्वामित्त्वकालागी एक आपसमा द्वन्द्व,ईर्ष्या,कलह र संघर्षहरु पनि हुदैनथिए।खतराहरु संग कसैले खेल्नु पर्ने थिएन।मनिस -मानिसका विचमा आपसी सदभाव,सम्मानभाव र मैत्रीभावको मूल्य सर्वोपरी हुन्थ्यो।हामी कुनै दुखी,गरिव,अशन्तुष्ट र अपमानित हुनु पर्ने थिएन।कति सुन्दर संसारको गगनमा विचरण गरिरहेका हुन्थ्यौ हामी स्वाभिमानको छाती संगै स्वतन्त्रतापुर्वक कुनै वाठो र कुनै लाटो,कुनै ईमान्दार र कोहि वेइमान,कोहि चोर र कुनै साधुको विभाजन पनि हुने थिएन।
प्रकृतिमा मौसमको वदली संगै समाजमा दुखी,गरिव र कमजोरका आतंकका दिनहरु पनि शुरु हुन्छन।चाहे त्यो जुनसुकै मौसम किन नहोस!यौटा मौसमले थोपरेको संकटकाल त जान्छ फेरि अर्को आरंभ भएको मौसमले लिएर आएको संकटकालले घेरी नै हाल्छ गरिवहरुलाई ।धनिहरु त सुरक्षित हुन्छन।गरिवहरु वेहाल भएर छटपटाउछन,बहुलाउछन र मर्छन अकालमै।जाडो मौसममा न्यानो लुगा,न्यानो घर,घर भित्र जाडो धपाउने हिटर के सवैका घरमा हुन्छ त?त्यो मौसमको याम सकिन्छ,लगत्तै शुरु हुन्छ फेरि गर्मी मौसम,फेरि संग संगै शुरुहुन्छ अर्को आतंक,सितलता प्रदान गर्ने रेशमी,सुतिकपडा,पंखा,फ्रीज, कुलर जस्ता सितलता र चिसो प्रदान गर्ने साधन के हामी सवै संग हुन्छन र?अं ह,हुदैनन।छट पटि र सास्ती संगै ती दुरदिन यातना दिएर जान्छन।त्यस पछि पनि के सुखका दिन आउने हो र!वाढी,पहिरो,वार्षा र डुवानको आतंकको छांया मुनि श्रमिकहरुका सपना हराउछन।यसरी नै मौसम हामिले चाहेर पनि र नचाहेर पनि आफ्नै गतिमा वदलिइ रहन्छ।यसमा कसैको हात छैन।यो भौतिक जगतको प्राकृतिक नियम अनुरुप हुनेकुरा हो।आर्थिक संपन्नता र विपन्नतालाई अर्थात वर्ग विभाजनलाई छर्लङ्ग चुट्याइदिने,ऐनाले झै दुरुस्त देखाइदिने प्रमुख मेसिनरी यन्त्रको काम यहि मौसमले गर्दो रहेछ!प्रत्यक मौसमले थुप्रै चाड,पर्व र उत्सव पनि लिएर आउँछ।तिनिहरुले पनि वर्गीय अन्तरलाई देखाइदिन्छन।ए मौसम,हामी निर्धा,गरिवएवं दुखी हरुकालागी नम्र भएर आइज,हामीहरु प्रती दयाभाव राखेर उदारता देखा,क्षेमा दे हामिलाई वचा !भनेर प्राथर्ना गरेर हुन्छ त?यसरी हेर्दा निर्धा, निमुखा,दुखि र गरिवहरुका लागि मौसम निर्दयी दुश्मन जस्तो हुदो रहेछ!यस्को आउने र जाने प्रक्रियालाई हामिले छिटो र ढिलो वनाउन पनि सक्दैनौ।किनकि यस्को प्राकृतिक नियमछ।
मानव समाजमा धनी र गरिवको वर्ग विभाजन ल्याउने अर्को यन्त्रशाला समाज व्यवस्था हो।दास समाज देखि आजको पुजीवादी समाज व्यवस्था सम्मका सवै समाज व्यवस्थाहरु वलिया, संपन्न,शोषक,जाली फटाह,ठग र वेइमानहरुको हित रक्षा गर्ने,निर्धा,निमुखा,विपन्न,शोषित पिडित,इमान्दार,सज्ज्न र सिधा साधा जनताको शोषन,दमण,अन्याय र उपिडन गर्ने व्यवस्थाहरु नै हुन भन्ने कुरा हामी धेरैलाई थाहा छ।त्यस्कारण वर्तमान पुजीवादी व्यस्था हामी बहुसंख्यक जनताको शत्रु हो भन्ने कुरामा भ्रम हुनु हुदैन।यस्लाई प्रकृतिले वनाएको होइन।यो मानिसले वनाएको हो।यो समाज व्यवस्थाका अधिपतिहरु(मालिकहरु,संचालकहरु)कोहि पनि जन उत्तरदायी,दयालु,उदार,अग्रगामी,सामुहिकतावादि,समानतावादी,इमान्दार,त्यागि र पारदर्शी हुनै सक्दैनन।भलै तिनका नाम,झन्डा,नारा र रुप फरक किन नहुन!यदि त्यसो हुने भए आज नेपाली युवाहरु विदेशी गल्लिहरुमा जीवन धान्नकालागी आफ्नो स्वाभिमान लत्याएर भौतारिनु पर्ने थिएन।आज सारा दुनियाँ संगै नेपालको संमृद्दी,उन्नती,शान्ती र समानता चरम चुलिमा पुगि सकेको हुन्थ्यो।नेपालिहरु भोकै,नाङ्गै तड्पिएर मर्नु पर्ने थिएन।मौसम परिवर्तनको सिकार भएर अकालमै मर्नु पर्ने थिएन।समाज व्यवस्था मौसम वदलिए जस्तै स्वत:आफै वदलिदैन।यस्लाई हामिले छिटो या ढिलो वनाउन सक्छौ।यसरी यस्लाई वदल्न सकिन्छ भन्नेकुरा प्रमाणित हुँदै आएको छ।मौसम प्राकृति हो।तर यो कृत्रिम हो।असमानता,शोषण,विभेद,दमण,गरिबी,अभाव,भ्रस्टाचार ,कमिसन,घुसखोरी,हिंसा र गुन्डागर्दी जन्माउने र पालन पोषण गर्ने नेपालको कुरुप एवं घृणित दलाल पुजीवादी संसदिय व्यवस्थालाई जति सक्यो चाडो ढाल्नु नै पर्छ।र मानव जातिको स्वर्णिम संसार वैग्यानिक समाजवादको स्थापना गर्नै पर्छ । अब यो केवल सिद्धान्तको कुरा मात्र होइन हाम्रो कार्यभारको कार्यसुचिमा राखेर काम गर्ने विषय वनाउनु पर्छ।

प्रतिक्रियाहरु